स्याङ्जामा टिप्परमा ठोक्किदा मोटरसाईकल चालक घाईते

२०८० मंसिर ५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा,५ मंसिर । स्याङ्जा आँधिखोला गाउपालिका-०५ रंगेठाटी स्थित भित्री सडक खण्डमा सेतिदोभानबाट कृषि तर्फ जाँदै गरेको सोमबार साझ करिब २०:४० बजे टिप्परमा ठोक्किदा मोटरसाईकल चालक घाईते भएका छन ।

घाईते हुुनेमा मोटरसाईकल चालक ५० बर्षका सन्तोषपरियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

सेतिदोभानबाट कृषि तर्फ जाँदै गरेको बा. ३६ प. ७५५० नं. को मोटरसाईकल सोही स्थानमा पार्किङ गरी राखेको ग.१ क. ५६५८ नं. को टिप्परमा ठोक्किदा परियार घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेको जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको छ । घाईतेको टाउकोमा चोट लागेको छ । अवस्था मध्यम प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार