स्याङ्जा सहयोग समाजका अध्यक्षमा केसी निर्वाचित

२०८० मंसिर १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,१० मङ्सिर। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्रजङ्ग केसी निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न अधिवेशनले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सहमतिको आधारमा चयन गरेको हो ।

कोषाध्यक्षमा चिरञ्जीवी ढकाल,महासचिवमा राजेश पाण्डे, सचिवमा ओमकार पोख्रेल र मोतिप्रसाद अर्याल, सहकोषाध्यक्षमा धर्मगत पराजुली निर्वाचित हुनुभएको छ ।

यस्तै नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा खगेन्द्र गैह्रे, उपाध्यक्षहरुमा थमनसिंह रानाभाट, राजेन्द्र शर्मा भट्टराई, मीन क्षेत्री, मुक्ति सुवेदी, विजय थापा र महिला उपाध्यक्षमा इन्दिरा खनाल रहनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी अमेरिका संयोजकमा लिल मल्ल, महिला संयोजकमा निर्मला तिवारी,मध्यपूर्व संयोजकमा पीताम्बर अर्याल, एसिया प्यासिफिक संयोजकमा ध्रुव ज्ञवाली ,युरोप संयोजकमा अर्जुन अर्याल निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा देवी डोटेल, विपिन अर्याल, विदुर कोइराला, गुप्तप्रसाद गैह्रे, तारा गौडेल ,कुलबहादुर पौडेल क्षेत्री, अमरविक्रम अधिकरी, र हिमलाल डुम्रे रहनुभएको छ ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पाँचौँ विश्व सम्मेलन उहाँहरुलाई आगामी दुई वर्षका लागि निर्वाचित गरेको उपाध्यक्ष मुक्ति सुवेदीले जानकारी दिनुभयो ।

स्याङ्जाबाट रोजगारीका लागि विभिन्न देश गएकाहरुको साझा संस्थाको रुपमा रहेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको २०६६ सालमा स्थापना भएको हो । यस संस्थाका २३ देशमा शाखा र २० देशमा सम्पर्क समिति छन् ।

विश्व सम्मेलनमा ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी तीन सय जनाको सहभागिता थियो । सम्मेलन कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय