काठमाडौ,१६ मंसिर । राज्यले व्यावसायीसंग कर मात्र उठाउने उदेश्यमा लाग्दा नेपालको व्यावसायी धराशायी बन्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका राजस्व समिती सभापति अम्बिका प्रसाद पौडेलले बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकारसंघ (नाफिज) को १४ औं बार्षिक साधारणसभामा बोल्दै पौडेलले यस्तो धारणा राख्नु भएको हो । सनिवार नयाँ बानेश्वरको आन्न्दभुमी बैकेटमा भएको कार्यक्रम बोल्दै पौडेलले राज्यले व्यवसायीको पैसा चलाउदा व्यवसायी धराशायी बन्दै गएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो “राज्यले व्यवसायीसंग उठाएको राजस्वको हिसाबकिताब नगरिदिने र ठेकेदारको भुक्तानी पनि गरिदिएको छैन ।” राज्यले ठेकेदारको पैसा भुक्तानी नगरिदिदा बजारमा पुजी अभाव भएको उहाँको धारणा थियो ।
राज्यले व्यवसायीलाई संरक्षण गर्न नसक्दा नेपालबाट व्यावसायी पलायन हुँदै गएको भन्दै बैंकमा पैसा भएपनि व्यवसायीक कर्जा लिने कोहि नभएको उहाँको धारणा थियो । यस्तै अवस्था रहे देशमा दुर्घटना हुन सक्ने भन्दै यस्तो गम्भीर स्थितिमा राज्य संवेदनशिल हुनुपर्ने धारणा राख्नुभयो ।