पुतलीबजारमा ट्रक दुर्घटना, चालक घाईते

२०८० मंसिर २१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई  बस्याल

स्याङ्जा,२१ मङ्सिर।  पुतलीबजार नगरपालिका वडा नं.१० बरजा स्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुुदाँ ट्रक चालक घाईते भएका छन । अाज २ :३० बजे बुटवलबाट पोखरा तर्फ आउँदै गर्दा ट्रक दुर्घटना भएको हो ।

सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा तर्फ आउँदै गरेको लु. २ ख.५७५५ नं. को मिनि ट्रकअचानक स्ट्रिङ लक भई सडक देखी अंन्दाजी २०० मिटर तल खसी दुर्घटना हुँदा ट्रक चालक घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

ट्रक चालक पाल्पा तानसेन नगरपालिका वडा नं .७ धोबीघाट बस्ने ३२ बर्षका केशब घिमिरे घाईते भएका छन।

घाईतेलाइ उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको प्रहरी जनाएको छ । घिमिरेको ढाड र बाँया खुट्टामा चोट, लागेको र अवस्था मध्यम रहेको छ ।

ट्रकमा चालक मात्र रहेका थीए भने दुर्घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय