दुम्सी मार्न प्रयोग गरिएको छर्रा आफै माथी लागेपछि पाल्पामा एक जनाको मृत्यु

२०८० मंसिर २४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,२४ मंसिर । जंगली जनावर दुम्सी मार्न प्रयोग गरिएको गोलि आफै माथी लागेपछि पाल्पा जिल्ला निस्दी गाउँपालिका मित्याल गाङ्सिङ्डाडा बस्ने ४८ बर्षिया डम्मर बहादुर सारुको मृत्यु भएको छ ।

घर नजिकैको आफ्नो बारीमा भरुवा बन्दुक बोकेर दुम्सी मार्न जानुभएका सारु चिप्लिएर लडेपछी आफैले बोकेको बन्दुकको छर्राले साप्राको पछाडिको भागमा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दुकको छर्रा लागेर करिब ८ बजे घाइते हुनुभएका उहाँलाई रामपुर अस्पतालले राती करिब ३:१५ बजे मृत घोषणा गरेको थियो ।

प्रहरीले घटना स्थलबाट एक नाले भरुवा बन्दुक र एक वटा भिर्ने झोला फेला परेको जनाएको छ । घटना बारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय