निकेश थापा
स्याङ्जा ६ माघ । जिमुहाँ शीत भण्डार सहकारी संस्था लिमिटेडको पाचौं साधरण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । संस्थाको आफ्नै प्राङ्गणमा शुक्रबार सम्पन्न भएको अधिबेशनले रुमलाल कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
सर्बसमत चयन भएको नेतृत्वको उपाध्यक्षमा पुर्ण बहादुर रानाभाट,सचीवमा चक्रपाणी कंडेल , सहसचिवमा टेक प्रसद भट्टराई , कोषाध्यक्षमा घना अधिकारि र सदस्यहरुमा मन्दिरा अधिकारी ,लामादेव अधिकारी ,विष्णु गैरे, चद्रकान्त डुम्रे, सीता अधिकारी, विष्णु माया सुवेदी,मनोज भट्टराई, डिल्लीराम अर्याल,पदेन सदस्य दल बहादुर सिङ्जाली चयन हुनु भएको छ । लेखा समिति संयोजकमा कपिलदेव अधिकारि र सदस्यहरुमा छवि भट्टराई र छबिलाल बस्याल चयन हुनु भएको छ ।


गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसद भट्टराईको प्रमुख आथित्त्यमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमाल, सोहि वडाका वडा अध्यक्ष दल बहादुर सिङ्जाली,लगायतले मन्तव्य राख्नु भएको थियो ।
संस्थाका सचीव चक्रपाणी कंडेलले संञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य अर्जुन रानाभाटले गर्नुभएको थियो ।