पत्रकरितामा मेरो पहिलो अनुभव

२०८० माघ १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ग्रामीण क्षेत्रको पत्रकारिताको विकासको लागि हेर्ने कुरा डट कम को आयोजनामा पुष २१ र २२ गते गल्याङमा दुई दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको थियो। नेपाल पत्रकार समाज नेपालको समन्वयमा सञ्चालित दुई दिने तालिम पत्रकारिता सम्बन्धी मेरो जीवनको पहिलो तालिम थियो।

यस तालिममा सहभागिता हुनुभन्दा पहिले मलाई पत्रकारको बारेमा केही थाहा थिएन। अरु व्यक्तिले पत्रकारको समाचारको बारेमा कुरा गर्दा पनि मलाई केही थाहा थिएन। तर तालिम लिगे पछि समाचारको बारेमा हरेक कुरा थाहा भयो। समाचार लेख्दा त पहिला सूचना संकलन गर्नुपर्दछ रहेछ। भन्ने कुरा थाहा भयो समाचार लेख्दा त पहिला सूचना सङ्कलन गर्नुपर्दो रहेछ भन्ने कुरा थाहा भयो समाचार लेख्दा छ “क” को प्रयोग गरेर समाचार लेख्ने गर्ने रहेछ। उल्टो पिरामिडको प्रयोग गरेर समाचार लेख्नु पर्ने रहेछ भन्ने कुरा को जानकारी भयो हामी पत्रकार भइसकेपछि विभिन्न विषयमा अध्ययनशील हुनुपर्दो रहेछ पत्रकार भएपछि निडर र साहसी हुनुपर्ने र विभिन्न चुनौतीलाई सामना गरी त्यसलाई अवसरमा बदल्न सक्नुपर्ने रहेछ भन्ने पनि थाहा भयो हामीलाई त्यस दुई दिने आधारभूत पत्रकारिता तालिममा प्रशिक्षणका लागि कान्तिपुर मिडिया ग्रुपका पाल्पा संवाददाता माधव अर्याल आउनु भएको थियो ।

यसैगरी तालिम दिँदा दिँदै त्यसै क्रममा गल्याङ प्रहरी चौकीका कार्यालय प्रमुख यामनाथ बगाले जोडिनुभयो उहाँले हामीलाई विभिन्न कुराको जानकारी दिनुभयो बढ्दो साइबर क्राइम बोक्सीको आरोप बालविवाह तथा लागू औषध सेवन र ट्राफिक नियमका बारेमा जानकारी दिनुभयो। यस्ता विषयमा हुने अपराध सजाय जरिवानाको बारेमा पनि बताउनुभयो।

यस दुई दिने आधारभूत पत्रकारिता तालिममा सहभागी भएपछि मेरो मनमा पत्रकारिताप्रति बढी नै रुचि बढेको छ। मेरो मनमा भएका विभिन्न डर त्रास संकोच हटेको छ। पत्रकारितामा नै लागेर नेपालमा बसेर केही गर्छु कि भन्ने साहस जागेको छ। समाजमा भएका विकृति विसङ्गति विरुद्धमा बोल्न सक्छु भन्ने ठूलो आशा जागेको छ। यस दुई दिने आधारभूत तालिमले हामीलाई पत्रकारिताको बारेमा जानकारी मात्र नदिएर हरेक कुराको जानकारी दिँदै यस तालिमले हामीलाई अन्य कुराको बारेमा पनि जानकारी दिएको छ यस दुई दिने पत्रकारिता आधारभूत तालिमले मेरो जीवनका लागि निकै फाइदाजनक भएको मैले महसुस गरेकी छु।

कृष्णा वि.क
गल्याङ नगरपालिका वडा नम्बर ९ साङ्लिया, स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय