पूजा खड्का
स्याङ्जा, १६ माघ । श्री दहथुम उच्च माध्यमिक बिधालयको ७२ औं बार्षिकोत्सव अभिभाबक तथा पुरस्कार वितरण कार्यक्रम विद्यालयको आफ्नै प्राङ्गण मा गण्डकी प्रदेश को जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री तिवारी ले आफू ले अध्यन गरेको विद्यालय मा विद्यालय बार्षिकोत्सवमा सरिक हुन पाउँदा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्नु भयो । उहाले भन्नुभयो , विद्यालयको विकासको लागि भूतपूर्व विद्यार्थी हरु एक हुनु आवश्यक छ त्यसको लागि मैले पनि आवश्यक कदम चाल्ने छु, मन्त्री तिवारीले विद्यालयको विकासको लागि आफू सदैव तत्पर रहेको कुरा जनाउनुभयो ।
सोही कार्यक्रम मा शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले गरीब तथा जेहेन्दार विद्यार्थी हरुलाई न्यानो कपडा वितरण गरेको थियो। न्यानो कपडा वितरण गर्दै संस्थाका अध्यक्ष भक्त बहादुर केसीले समाज परिवर्तनको लागि सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रम मा बोल्दै भिरकोट प्रथम मेयर छायाराम खनाल ले शहिद को स्मरण गर्दै शिक्षा समाजको ज्योती भएको भन्दै शिक्षा मा सबैको पहुंच पुर्याउनु पर्ने कुरा मा जोड दिनुभयो ।त्यस्तै विद्यार्थीलाई सम्मानजनक शब्द प्रयोग गर्नुपर्छ भन्ने कुरा बताउनुभयो ।
कार्यक्रम शहिद दिवसको दिन परेको हुँदा बोल्ने वक्ताहरुले शहिद प्रति श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो।
यसै विद्यालय को शिक्षिका भिरकोट नगरको क्षेत्री समाज सचिव इन्दिरा केसीले विद्यालयको गुणस्तर वृद्धि गर्नको लागि चौतर्फी विकासको लागि शिक्षक विद्यार्थी र अभिभावक को त्रिपक्षीय सम्बन्ध सुधार गर्दै छलफल सल्लाह सुझाब मा एकताबद्ध हुँदै अघि बढ्नुपर्ने कुरा मा जोड दिनुपर्ने कुरा बताउनुभयो ।यसको लागि आफू सदा लागिपर्ने कुरा पनि जनाउनुभयो।
कार्यक्रम मा बार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । अभिभाबक सहित विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक टोल प्रसाद रेग्मीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शेष कान्त खनाल र शोभा कान्त पौडेलले गर्नुभएको थियो। कार्यक्रम मा विद्यालय को प्रधानाध्यापक तोयनाथ कोइरालाले सहभागी सम्पूर्ण प्रति आभार व्यक्त गर्दै विद्यालयको बार्षिक आय व्यय प्रस्तुत गर्नुभएको थियो। त्यस्तै गरी बाल क्लबको अध्यक्ष शशी अर्याल ले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि हरुले बार्षिकोत्सव कार्यक्रम को शुभकामना दिँदै विद्यार्थीहरूको पढाइ र सिकाइ मा जोड दिन र शिक्षाको विकास को लागि सबै जना लागि पर्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रम मा विशिष्ट अतिथिहरु भिरकोट प्रथम मेयर छायाराम खनाल भिरकोट शिक्षक शाखा प्रमुख विष्णु प्रसाद कोइराला पूर्व वडा अध्यक्ष तथा पूर्व विद्यालय व्यबस्थापन समिति अध्यक्ष कमल त्रिपाठी पूर्ण वडा नम्बर पाँचको अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण रत्न प्रकाश श्रेष्ठ विद्यालय सल्लाहकार सदस्य डोलराज ढुंगाना तथा अन्य विविध अतिथिहरु रहनुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष तथा यसै वडाका वडाध्यक्ष श्याम काजी अधिकारी को सभापतित्वमा सम्पन्न कार्यक्रममा धेरै संख्यामा अभिभाबक र विद्यार्थी को उपस्थिति रहेको थियो । उहाले सहभागी सम्पूर्ण प्रति आभार प्रकट गर्दै विद्यालय को बार्षिकोत्सव कार्यक्रम गर्न पाउँदा खुशी लागेको कुरा व्यक्त गर्दै विकास र गुणस्तर शिक्षा मा सदा आफू लाग्ने शिक्षा विकासको जड हो भन्ने कुरा व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।