राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक भएको छ : एमाले उपाध्यक्ष पौडेल

२०८० माघ १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १९ माघ। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले शुक्रबार तिलोत्तमामा आयोजना गरेको स्वर्गीय परमानन्द खरेल स्मृति खुल्ला फुटसल प्रतियोगीता उद्घाटन गर्दै पौडेलले कोशीमा एमाले ठूलो पार्टी भएको र अन्य सदस्यहरुले पनि मत दिएका कारण कोशीको एक सिटमा एमालेले बिजयी हासिल गरेको भन्दै उक्त नजिता स्वभाविक भएको बताउनुभएको हो ।

कोशी प्रदेश प्रदेशमात्रै नभइ अन्य प्रदेशमा पनि एमालेको मतभार बढि देखिएकाले जनतामामात्रै नभई जनप्रतिनिधिहरुमाझ पनि एमालेको जनाधार बढ्दै गएको उहाले बताउनुभयो । त्यस्तै उहाले वर्तमान सरकार समाजका लागि बोझ बनिसकेकाले वर्हिगमन अहिलको आवश्यकता भएको धारणा राख्नुभयो । पौडेलले सरकार परिवर्तनका लागि अहिले नै एमालेले कुनै प्रयास नगरेको र मिशस ८४ बाट एमालेलाई बहुमतका साथ सरकारमा पुराउने दावी गर्नुभयो ।

खुल्ला फुटसल प्रतियोगीता शनिबार समापन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय