युवराज पौडेल
स्याङ्जा , २ फागुन । स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नम्बर ३ स्थित कालिमाटी मगर समाज बरिपरिका तीन ओटा घरबाट लाखौं रुपैयाँ सामान चोरि भएको छ । सोमबार राति ५ तोला भन्दा बढिको सुन र लाखौं रुपैयाको सरसामान चोरि भएको हो ।
रातिको समयमा चोरि भएको तर चोरि गर्ने मानिस फेला नपारेको जिल्ला प्रहरी स्याङ्जाले जनाएको छ । चोरि सङ्गै असुरक्षित भएको स्थानियको गुनासो छ । स्थानियहरु फेरि पनि चोरि हुन्छ कि भन्ने त्रासमा रहेको गुनासो गरिरहेका छन ।
बाटोमा सिसि क्यामरा जडान नभएको र चोर गर्न आउने मानिस एकदमै गोप्य तरिकाले आएको कारण अझै पनि चोर फेला पार्न नसकेका प्रहरी बताएको छ ।
तिनवटै घरमा मानिसहरु नभएको बेला आएर चोरि गरिएको छ ।