बाह्रबिसेमा बोलेरो पल्टिँदा दुईको घटनास्थलमै मृत्यु, चार घाइते

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिन्धुपाल्चोक ,९ फागुन । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ स्थित कलङ्चे अँधेरी खोलामा बोलेरो जिप पल्टिँदा सवार दुई स्थानीयको घटनास्थलमै मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।

मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ कोल्दोङका दिलकुमारी प्रधान र लालमाया प्रधान छन्। गाउँबाट बाह्रबिसे बजार आउँदै गरेको बा. १२ च ४९९१ नम्बरको बोलेरो सडकबाट खोलामा खसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दीनुभयो।

स्थानीय युवा विकेश लामाले घाइतेको उद्धार गरेर बाह्रबिसे अस्पताल पुर्‍याएका छन्। घटनास्थलमा प्रहरी र स्थानीय जम्मा भएर मृतकलाई खोलाबाट झिकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय