१२ बर्षको उमेरमा बनाएको बाटो ७३ बर्षसम्म पनि उस्तै

२०८० फाल्गुन १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा,१० फागुन । लोमकान्त भण्डारी ७३ बर्षको पुग्नुभयो । उहाँ पीढीमा बसेर जाडो मौसममा पारिला घाम ताप्दै हुनुहुन्छ । उहाँले देशका थुप्रै परिवर्तनहरु सुन्नु भयो देख्नु भयो र भोग्नु भयो । देशका ठुला ठुला परिवर्तन देख्नु ,भोग्नु र  सुनु भएका लोमकान्त भण्डारीले आफ्नै घरको आगनबाट गुडेको सिद्धार्थ राजमार्गको परिवर्तन भने अहिलेसम्म देख्न पाउनु भएकाे छैन ।

१३ बर्षको बाल्यकालमा गैटी र बेल्चाले खोपेर बनाएको राजमार्गका ती खोपहरु मेटाउन अहिलेसम्म कुनै पहल नभएकाे भण्डारीले बताउनुभयाे । बाल्यकालमा आजभन्दा ५५ बर्षा पहिला खनीएकाे बाटोको अबस्था आज पनि उस्तै छ । नेपाल-भारतको सहयोगमा २०२९ देखि यातायात संचालन हुन थालेको सिद्धार्थ राजमार्गको स्तर उन्नति नहुदा भण्डारीलाई देशमा भएको ठुला परिवर्तनले कुनै महसुस गराएको छैन । बाल्यकालमा बाटो खनेकाे घटना सुनाउदै उहाँले हेर्नेकुरा डट कमसंग भन्नुभयो “देशमा धेरै कुरा भोगियाे सुनीयाे तर स्याङ्जा जिल्लाको लाईफ लाइनको सिद्धांर्थ राजमार्गमा स्तर उन्नति अहिलेसम्म पनि हुन सकेकाे छैन ।” उहाँले हामिसंग कुराकानी गर्दै भनुभयो  “सिद्धार्थ राजमार्गमा उबेला खनेका डाेवहरु हराएका छैन देशमा ठुला ठुला परिवर्तन आए भन्छन तर हाम्रो घर छेउमा रहेको सिद्धार्थ राजमार्गमा कहिल्यै स्तर उन्नती आउन सकेन।

“पहिला पहिला गाडीहरू पनि साना साना हुने गर्थें तर अहिले त गाडीहरू पनि सुबिधा सम्पन्न आउन थाले ती सुबिधा सम्पन्न गाडी आउदा अहिले एउटा गाडी मात्र अट्ने बाटो बनेको छ । यती हुँदा पनि सिद्धार्थ राजमार्गको स्तर उन्नती नहुनु जिल्ला बासिको लागि दुखद कुरा हो ।” स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका २ बटुवा गाउँमा बस्ने ७३ बर्षिया लोमकान्त भण्डारीलाई दिनँहु यस्तै कुराले पीरल्ने गर्दछ । उहाँले हामिसंग कुराकानी गर्दै भनुभयो “१३ बर्षको उमेरमा मासिक ९० रुपैयाँँ लिएर सिद्धार्थ राजमार्गको बाटो खन्न गएको थिए ।” उहाँले उक्त राजमार्ग गीतगाउदै खन्ने गरेको प्रसंग जोडदै भनुभयो बिहान ८ बजे जाने गरेको र बेलुका ५ बजे फर्केको अनुभब हामीलाई सुनाउनुभयो । कहिले भुटेका मकै त कहिले भाेकै सिद्धार्थ राजमार्ग निर्माण गरेको अनुभव सुनाउदै उहाँले १३ बर्षको उमेरमा खनिएका गैटीका डाम समेत मेटाउन सम्बन्धित निकाय नलागेको गुनासो गर्नुभयो ।

 

स्याङ्जाको भविष्य अडिएको सिद्धार्थ राजमार्गको स्तरउन्नती नहुदा यस क्षेत्रका नागरिक समेत मारमा परेको उहाँको बुझाइ छ । राजनीतिक प्रसङ्ग जोडदै उहाँले भनुभयो “स्याङ्जा जिल्ला राजनीतिक र  प्रशासनिक क्षेत्रमा अबल मानीएको र सरकारमा पनि पटक पटक मन्त्री पाएको जिल्ला हो तर पनि सिद्धार्थ राजमार्गको स्तर उन्नतिको बारेमा कसैको ध्यान पुग्न सकेन । ” उहाँले राजनीतिक प्रसंग उठाउदै हामीलाई भनुभयो “यहि बाटो देखाएर कति सासंद बने कति मन्त्री बने तर ती मन्त्री र सासंदको आभास सिद्धार्थ राजमार्गले पाउन सकेन ।” जाडोको समयमा घाम ताप्दै चिया पिउदै देशको भविष्यको चिन्ता गर्ने भण्डारीले सिद्धार्थ राजमार्गको प्रसंग जोड्दै पुराना राजनीतिक दलले काम भन्दा पनि भाषण बढी गरेको बताउनु भयो ।

सरुवाती दिनमा गैटी र बेल्चाले सुरु भएको सिद्धार्थ राजमार्गको स्तर उन्नति हुन नसक्नु समग्र स्याङ्जा वासिको लागि निकै दुखद कुरा हो । भण्डारीले भने जस्तै सुरुवाती दिनका गैटी र बेल्चाका डाम पनि मेटाउन नसक्नु हाम्रो लागि दुरभाग्य हो । यस राजमार्गको आसपासका लागि निकै दुख:द कुरा पनि हो । स्याङ्जाको भविष्यको मार्ग भनेर चिनिने राजमार्गको स्तर उन्नतिमा ध्यान नदिने हो भने जिल्लाको भविष्य अन्याेल पर्ने देखिन्छ यता तर्फ सबै सम्बन्धित निकायकाे ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार