संसदमा अनधिकृत प्रवेश गर्ने ४९ लघुवित्त ऋणीहरू रिहा

२०८० फाल्गुन १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१७ फागुन । संसद भवनमा अनधिकृतरूपमा प्रवेश गरेका लघुवित्त ऋणीहरू रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालयले हाजिर जमानीमा पक्राउ परेका ४९ जनालाई बिहीबार रिहा गरेको हो।

नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेर उनीहरू गत सोमबार संसद भवन परिसरमा प्रवेश गरेका थिए। त्यहाँ प्रहरी र मर्यादापालकले उनीहरूलाई रोकेका थिए। लगत्तै प्रहरीको बानेश्वर वृत्तले उनीहरूलाई पक्राउ गरेको थियो।

पक्राउ परेका लघुवित्त ऋणीहरूको रिहाइ माग गर्दै बुधबार एमाले संसदीय दलको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेको थियो। एमालेले पक्राउ परेकाहरूलाई निसर्त रिहाइ गर्न माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय