कुवेत पठाई दिने भनि श्रीलंकामा बन्धक बनाइएकी युवतीको उद्धार, नयाँ बसपार्कबाट एक पक्राउ

२०८० फाल्गुन १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं १७ फागुन । कुवेत भन्दै श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नवलपरासी पश्चिम घर भएका ४७ वर्षीय मदुला भन्ने मुर्तुजा मियालाई मंगलबार नयाँ बसपार्कबाट पक्राउ गरेको हो।

उहाँले पीडित परिवर्तित नाम २६ परिसर (प)लाई विभिन्न प्रलोभन देखाएर साढे ७ वर्षअघि भारत हुँदै श्रीलंका पुर्‍याएका थिए। घरको आर्थिक अवस्था कमजोर भएकी पीडित युवतीलाई कुवेतमा मासिक २०_२२ हजार रुपैयाँ तलब पाइने प्रलोभन देखाएर विसं २०७२ जेठ १५ गते सुनौली हुँदै नयाँ दिल्ली पुर्‍याएका थिए। त्यहाँबाट भारतीय एजेण्टले १० दिनको भिजिट भिसामा श्रीलंका पुर्‍याएका थिए। श्रीलंकाको कोलम्बोमा बुद्धको दर्शन गर्न आएको सिकाएर पठाएको पीडितको भनाइ छ।

कोलम्बो पुगेपछि श्रीलंकन मूलको एजेन्टले पीडितलाई बन्धक बनाएका थिए। बन्धक बनाइएको ठाउँमा ठूलो संख्यामा महिलाहरू रहेको र त्यहाँ ६८ दिनसम्म राहदानीलगायतका कागजातहरू जफत  शारीरिक, मानसिक यातना दिएको पीडितले प्रहरीसँग भनेकी छन्।

व्युरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले पक्राउ परेका मियालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। घटनामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय