रूसी सेनामा भर्ना हुनु राजनैतिक विचलन ले निम्त्याएको परिणाम

२०८० फाल्गुन २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

राष्ट्रमा रहेको अस्थिर सरकार र राजनैतिक विचलनका कारण देश नै आक्रान्त बनेको यो परिवेशमा जनता समस्यामा रहनु नौलो कुरा होइन । प्राकृतिक स्रोत साधनले भरिपुर्ण भएर पनि राम्रोसँग कार्यान्वयन गरेर अघि बढ्न नसकेको कारण आज देशको दुर्दशा भएको छ । देशमा आवश्यकता अनुरूप अवसर र काम अनुसार कमाई नहुनु र महङ्गीले मारमा परी मानिसहरू अवसर प्राप्तिको लागि जस्तो सुकै कठिन मार्ग पनि उठाउन पछि परेका छैनन् ।

आर्थिक समृद्धिको लागि वैदेशिक रोजगार एक विकल्पको मार्ग बनेको छ भने विदेशी मुद्रा आर्जनले विप्रेषणमा पनि सकारात्मक प्रभाव पारेको छ। देश भित्र पनि केही अवसर प्राप्तमा सहयोगी भएको छ भने देश भित्रको अवस्थामा समस्या भई उर्जाशील सक्ती बाहिरिदै जादा देश अस्तव्यस्त भएको छ।

यसैको परिणाम स्वरुप देश भित्र राम्रो अवसर प्राप्त गर्न नसक्दा मोटो रकम लिनको लागि पनि आफ्नो शरीर दाउमा राखी जस्तोसुकै कठिन परिस्थिति पनि सामना गर्न मान्छे पछि परेको छ। भारत र ब्रिटिशमा मात्र सैन्य भर्ना हुन पाउने सरकारी नियम छ । देशको वर्तमान परिस्थितीमा अहिले मानिसहरु रूसी सेनामा भर्ती भएको र कति व्यक्तिहरू ज्यान गुमाउनु परेको कुरा न्यूजमा सुन्न आएको छ। सरकारले नगरेको निर्णयमा यसरी भर्ती गराउन रूसी सरकार किन अघि सरेको हो यसको स्पष्ट विषय खुलाउनु पर्ने होइन र ? सरकारि रुपमा वैद्य नभएको क्षेत्रमा व्यक्ति एकैचोटी सेनामा भर्ना हुन त सकेको छैन होला यसमा कुनै निकाय त पक्का छ । यसमा सरकारले छानबिन गरी सम्बन्धित निकायको खोजितलास गरेर कारबाही गर्न किन आना कानी गरेको हो गंभीर विषय रहेको छ। देशमा पैसा कमाउन कै लागि मानिस ज्यानको बाजी राखेर सके कमाउने नसके ज्यान जाने भन्दै होमिएको पाइन्छ । यसरी भर्ती बनाउन लग्ने कुनै निकाय त पक्का पनि छ होला यसको खोजी तलासी गरी सरकारले सरकारको निर्णय विपरित किन काम गरेको भनेर कारबाही गर्न त सक्छ । यस विषयमा सरकार आफै यस्ता गतिविधिमा सक्रिय भएर जनताको ज्यानको बेवास्ता गरेको हो गंभीर विषय खडा भएको छ।

मानवमा झाँगिएको स्वार्थिपन र अमानवीयता मुख्य कारण रहेको हुँदा देशमा बेथिति र विचलनले बजार लिएको यो अवस्थामा पनि देश र जनताको लागि गर्छु नसके मर्छु भन्नेहरु आज कता हराएका छन् । आज देश विकास गर्छु भनेर जनताले मन्त्री बनाउँदै गर्दा मन्त्री भए पछि देश र जनताको लागि केही गर्न नसक्नु दुःखद विषय हो भने विकास गर्न नसके पनि विधि विधानमा रहेर सकारात्मक तरिकाले कार्य गर्दा पनि मानवीयता जीवित रहन सक्छ ।

मानव तस्करको प्रलोभनमा परी हजारौं नेपाली रूसी सेनामा भर्ना भएको पाइन्छ । सैनिकमा कार्यरत नेपालीहरु कतिको मृत्यु भयो भने कति घाइते अवस्थामा रहेका छन् ।यस विषय मा परराष्ट्र मन्त्रालयलाई प्रस्ट जानकारी पनि छैन ।

परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्ने र गरिएका भए तत्काल नेपाल फर्काउन भन्दै सरकारलाई कुटनैतिक नोट पठाएको भनिएको छ रूसी सरकारले बेवास्ता गरेको हो कि नेपालले पहल नगरेको हो ।अन्तराष्ट्रिय विषयमा अन्य देशले पनि बोल्नुपर्ने हो वा यसरी नै ज्यादतीको विषयमा सबै राष्ट्र मौन रहेर बस्ने हो वा विभिन्न देशले आफ्नो धारणा बनाउन बाकी नै छ । नेपालले बनाएको नीति नियम नेपालको लागि मात्र लागू गर्ने हों तर अन्तराष्ट्रिय माहोलमा नेपालको कानुन के छ भनेर स्पष्ट रुपमा जानकारी भए पछि पनि रूसले नेपाली व्यक्तिलाई सैन्य भर्ना गर्नु दुःखद र गम्भीर विषय हो।

सञ्चार माध्यमले जल्दा बल्दा समस्याको विषय राम्रोसँग सम्बन्धित निकायमा पुर्याउने कार्य गर्नुपर्छ ।कुनै संस्था र व्यक्तिको पछि लागेर अन्धो भक्त बनेर कार्य गर्नु राम्रो विषय होइन । कतिलाई रूसी सेनामा भर्ना गर्न अवैध हो भन्ने नैं थाहा छैन होला भने कति थाहा पाएर पनि ज्यानको प्रवाह पनि नगरि रुसी सैन्यमा
प्रलोभन देखाएर गएको देखिन्छ । राजनैतिक विचलनको नतिजा आज हामीले भोग्न बाध्य छौं । आज कयौ नेपालीहरु अनाहकमा अर्काको देशमा गएर ज्यान गुमाउनुपरेको छ भने कति घाइते हुनुपरेको छ । यदि देश भित्र गरी खाने बाताबरण भएको भए जाने माथि दोष लगाउन सकिन्थ्यो ।

देशको अवस्था भन्दा रहरले गएको हो भन्ने बाताबरण सरकारलाई छैन किनकी मानिस रहरले नभई बाध्यताले पुगेको छ। अव पनि सरकारले यस विषयमा गम्भीर भएर छलफल गरेन भने नागरिक प्रति चिन्ता नभएको मान्नुपर्ने हुन्छ । देशमा सुशासन विकासको विषयमा भन्दा अन्याय अपराध गर्नेको लागि कसरि छुटाउन पहल गर्ने भन्ने नीति ले बजार लिन पुग्यो । जसका कारण देश अराजक बन्दै गयो । गलत गर्नेलाई गलत भन्ने मानसिकता बनाउन सक्यो र देश र जनताको विकास र सहजताको लागि चिन्तन गर्न सक्यो भने परिवर्तन गर्न नसकिने छैन । यसको लागि सकारात्मक सोचाइ चुनाव जितेर जाने सांसद र मन्त्रिमण्डलमा देखिएन।

चुनाव लड्दै गर्दा कानुनी रुपमा कसुरदार व्यक्तिलाई टिकट दिएर जिताउने प्रवृर्ती राम्रो होइन । यस प्रवृर्तीबाट हामी परिवर्तित नेपाल निर्माण गर्न सक्दैनौं। त्यसैले देश भित्र अवसर सृजना गर्नको लागि जल जमीन जंगल र जवानीको सदुपयोग गर्नको लागि विधिको शासनमा रहेर कार्य गर्नु जरुरी छ।

राजनीतिमा नैतिकता र चिन्तन भन्ने विषय नैं रहेन। यदि नैतिक तवरमा रहेर काम गर्यो विकास र सहजताको लागि चिन्तन हुन सक्यो भने असम्भव केही छैन । चुनाव जितेर जानेलाई देश विकास गर्नु मेंरो जिम्मा हो भन्ने नै भएन । टिकट वितरण गर्दा देश र जनता प्रति चिन्तन गर्ने काम गर्न सक्ने खुबीकाे आधारमा नभै गुटको हिसाबमा र आफ्नो कामको हिसाबमा सघाउनेलाई मात्र दिने प्रपञ्चले गर्दा आज देशको अवस्था नाजुक हुँदै गएको छ। त्यसैले अझ पनि देशको चिन्तन नगरी आफ्नो फाइदामा चलिरहने हो भने नेपाल देश थियो भन्ने नरहला भन्न सकिन्न । त्यसैले आफ्ना देशमा भएका प्राकृतिक स्रोत साधन सीप सदुपयोग गरेर सम्भावना अनुरुप अघि बढ्नु आजको आवश्यकता हो। राजनीति हरेक क्षेत्रमा तगारो हाल्ने काम नगरी एक मार्गदर्शकको रुपमा अघि बढोस् । समस्या होइन समाधान ल्याओस् । देशमा अपराधीलाई कसरी उन्मुक्ति दिन सकिन्छ भन्ने चिन्ता राख्न भन्दा कसरी देशमा सुशासन आउँछ र के गर्दा जन चाहना पूरा गर्न सकिन्छ भन्ने चिन्तन गर्न सक्यो भने असम्भव केही छैन । देशमा विकास गर्न श्रोत नभएको होइन विकास गर्ने उद्देश्य र इच्छा सक्ती नभएको हो । जनतामा बितृष्णा छरेर राजनैतिक क्षेत्र बदनाम नहोस ।राजनीतिले ठूलो परिवर्तन ल्याउन सक्ने हुँदा विकासमुखी परिवर्तनमा अघि बढ्ने बाताबरण बनाएर नयालाई पनि विकास गर्न राजनीति गर्नुपर्छ भन्ने भाबना जागोस् समस्या आइरहन्छन् तर समस्या माथि समस्या नथपि समस्या सुल्झाउन वैकल्पिक मार्ग तय गरोस। प्रजातन्त्रको अन्य विकल्प छैन । यसलाई सुदृढीकरण गरेर अघि बढ्नुपर्छ यसैमा हाम्रो भलाइ छ भन्ने मानसिकता राजनीति गर्ने मा आवोस । समस्या नभई समाधान बन्न सक्यो भने देशमा समस्या रहँदैन । त्यसको लागि आवश्यक रणनीति जनचेतना सावधानी सम्भावनाको राम्रो प्रसार गरेर अघि बढ्न सक्यो भने समस्या रहँदैन ।

रूसी घटना पनि सरकारको लापरबाही हो । देश भित्र बेथिति विचलन गर्नेलाई साथ दिने सरकार रहेसम्म देशमा समस्याको जन्जिरहरु रहिरहन्छन् । गलत गर्नेलाई कारबाही गर्यो भने मानिस गलत गर्न सक्दैन । न्यायलय फितलो हुनु राजनैतिक कब्जामा रहनु ठूलो समस्याको विषय हो। सम्बन्धित निकायलाई विधि विधानमा स्वतन्त्र तवरले काम गर्न दियो भने अपराधजन्य घटना कम हुन्छ । सुशासन ल्याउन सक्नु विकासको एक मुख्य मार्ग हो त्यसैले विधि माथि शासन नगरौं नितिसम्मत चल्न दिनु राम्रो सुरुवात हुन जान्छ। जसले समस्या दूर गर्दै सम्भावना खोज्नमा प्रेरित गर्न सक्छ थप उर्जा जनमानसमा थपिन सक्छ ।

देश भित्र ऊर्जा शिल जनशक्ति नरहेसम्म देश विकास गर्न सकिँदैन । भोको पेटले प्रजातन्त्रको रक्षा गर्न सक्दैन त्यसको लागि चिन्तन गरेर नेतृत्व वर्गले कार्य गरेको खण्डमा असम्भव देखिँदैन । त्यसैले उर्जाशील बुद्धिजीवी वर्ग देश भित्र रहने र अट्ने गरी लगानीमा जोड दिई प्रोत्साहन गरेको खण्डमा देशको नीति नै समस्यामा पर्ने गरी वैदेशिक प्रलोभनमा परेर परदेशिनु पर्दैन । त्यसैले अराजक गतिविधि विचलन अन्त्य गरेर समाज राष्ट्र र जनताको लागि चिन्तन गरी समाधान मुखि तवरबाट नेतृत्व वर्ग अघि बढ्न जरुरी छ। देशको यो परिस्थितिमा पनि परिस्थिति अनुसारको मनस्थिति बनाएर चिन्तन गर्न सक्दैन भने नेतृत्व वर्गको आवश्यक किन रह्यो र सोचनिय विषय रहेको छ राम्रोसँग सोचेर नेतृत्व वर्गले कार्य गर्न आवश्यक छ ।

पुजा खड्का
भिरकोट नगरपालिका,३,स्याङ्जा

(लेखक हेर्ने कुरा डटकमका स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार