विश्व शान्तिको लागि मैत्री धर्मको पदयात्रा

२०८० फाल्गुन २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२६ फागुन । मैत्री धर्मले विश्व शान्ति लागी शान्ति पद यात्रा गर्ने भएको छ । १९ औं मैत्री दिवसको अवसर पारेर उक्त पद यात्रा गर्न लागिएको बोधी श्रवण धर्मसंघ नेपालले जनाएको छ ।

चैत्र ६ गतेदेखि १२ गतेसम्म रौतहट जिल्लाको बागमती जंगलदेखि बागमती पुल,नयाँरोड,हरिवन,नवलपुर,लालबन्दी बजार हुँदै सर्लाही जिल्लाको पत्थरकोट काज्योपासम्म विश्व शान्ति पद यात्रा गर्न लागिएको बोधि श्रवण धर्म संघले जनाएको छ । संघले सनिवार काठमाडौको ललितपुर चुनिखेल बुङ्गमतिमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको हो ।

बाराको हलखोरियामा केन्द्रीय कार्यालय रहेको संघले उक्त विश्व शान्ति पदयात्रामा सहभागी हुन सम्पुर्ण शुभेच्छुकहरुलाइ समेत आग्रह गरेको छ । देशका करिब २२ जिल्लामा सक्रिय रूपमा काम गर्दै आएको संघले देशभर करिब ३५ लाख नागरिक आवद्ध भएको जनाएको छ । संघका सस्थाप अध्यक्ष मनि लामाले भाषणले मात्रै विश्वमा शान्ति नआउने भन्दै सबैलाई व्यबहारमा लागु गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार