तेस्रो लिङ्गीलाई वित्तीय साक्षरता,बैंकको खाता खोल्दा अन्यमा राखिएको गुनासो

२०८० फाल्गुन २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २८ फागुन । बैंकको खाता खोल्दा तेस्रो लिङ्गी नभएर अन्यमा खाता खोल्नु परेको तेस्रो लिङ्गीहरुले गुनासो गरेका छन् । आइतबार तेस्रो लिङ्गीहरुको सस्था ब्लु डायमण्ड सोसाइटीको धुमबाराहीमा भएको वित्तीय साक्षरता कार्यक्रममा उनिहरुले यस्तो गुनासो गरेका हुन् ।

धेरै प्रकारका कार्यक्रममा सहभागी भएपनि अहिलेसम्म वित्तीय साक्षरता कार्यक्रममा सहभागी हुन नपाएको भन्दै उनीहरुले अहिलेसम्म बैकिङ प्रणालीमा खासै सहभागी नभएको धारणा राखेका थिए । बैंकको खाता खोल्दानै अन्य भनेर खोल्नु परेको भन्दै त्यहीँ कारण पनि बैकिङ प्रणालीमा सहभागी हुन नचाहेको धारणा राखेका थिए । “हामीलाई आइपिओ लगायत पैसालाई लगानी गर्ने बिसयमा थाहा थिएन” ब्लु डायमण्ड सोसाइटीकि अध्यक्ष शितल पिंकि गुरुङले गुनासो गर्नुभयाे । उहाँले बैंकको खाता खोल्दा अन्य नभएर तेस्रो लिङ्गी राख्न पनि आग्रह गर्नुभयाे ।

आइतबार वित्तीय साक्षरता कार्यक्रम लिएर सोसाइटीको केन्द्रिय कार्यालय पुगेको गरिमा विकास बैंकको टोलिसंग करिब ४० जना तेस्रो लिङ्गीले यस्तो गुनासो गरेका हुन् । “वित्तीय जागरण, आजको आवश्यकता” भन्ने नारा सहित गरिमा विकास बैंकको चावहिल शाखाद्वारा आयोजना गरिएको कार्यक्रममा बैंकको जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राज भण्डारी, बैंकका लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख ईक्षा भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय