मौलिक कला, हस्तकला प्रवद्र्वन र बजारीकरणमा महत्वपूर्ण योगदान

२०८० चैत्र ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नवलपुर,४ चैत । उन्नती कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको छवालीको चित्र, हस्तकला, पस्मिना, ढाका, घरेलु सामाग्री लगायतको ३० स्टलहरु प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीको अवलोकन पश्चात चौधरी गु्रपका प्रवन्ध निर्देशक राहुल चौधरीले प्रदर्शनीमा राखिएको आकर्षक हस्तकला, घरेलु उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्गमा चौधरी फाउण्डेशनले सघाउने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीले नेपाल मौलिक हस्तकला, घरेलु उत्पादनको राम्रो बजार रहेकोले यसको व्यवसायिक प्रवर्धन गर्न उन्नती कल्चरल भिलेजले स्थापना देखि नै प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि सघाउने बताउनुभयो । यसका लागि उन्नती कल्चरल भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुर विच हस्तकलाका सामाग्रीहरु उन्नती कल्चरल भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरी फाउण्डेका सिनियर म्यानेजर प्रधान श्रेष्ठले जानकारी दिनुभयो । सम्झौतामा फाउण्डेशनका निर्देशक सुरवी चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो । उन्नती कल्चरल भिलेजले स्थापना कालदेखि साहित्य, चित्रकला, हस्तकला, मौलिक संस्कृति, मौलिक खाने परिकारलाई प्रोत्साहन गर्दै आईरहेको छ ।

उन्नती मेलाको उद्घाटन गर्दैै गण्डकी प्रदेशका पुर्वसचेतक÷सांसद ओमकला गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम नभए सम्म समग्र मुलुकको विकास सम्भव नहुने
बताउनुभयो । नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले महिलाहरुको आर्थिक सशक्तिकरणको वर्तमान अवस्था, चुनौत र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा राज्यले ऐन, कानुन र नीति कार्यक्रम ल्याए पनि कार्यान्वयनमा फितलो भएको उल्लेख छ ।

प्रभु बैंकका शाखा प्रवन्धक दिर्घ नारायण न्यौपानेले वित्तिय साक्षरता, महिला अभियान्ता रेखा पौडेलले महिला उद्यमशिलतामा सुचनाको पहुंच, कार्यक्रममा साना तथा घरेलु उद्योग महासंघका केन्द्रीय सदस्य विन्दु काफ्ले पोख्रेल, साना तथा घरेलु उद्योग महासंघ ललितपुरका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सिद्वार्थ आवासीय मावि कावासोतीका संस्थापक प्रिन्सिपल भोजराज दाहालले आफ्नो व्यवसायिक अनुभव प्रस्तुत गरेका थिए ।

यसैविच महिलामा लगानी, सभ्य तथा समुन्नत समाजको थालनी विषयमा प्यानल छलफल गरेको थियो । प्यानल छलफलका क्रममा महिला उद्यमी मञ्च बागमती प्रदेश अध्यक्ष चन्दना कोईरालाले विगतमा नेपाल कपासमा आत्मानिर्भर तथा निर्यात गरेपनि आज मुस्किलले ३ प्रतिशत पनि उत्पादन हुन नसकेको बताउनुभयो । नेपालको कपास अन्य देशको भन्दा अव्वल छ उहांले भन्नुभयो–नेपालमा कपास खेतीको राम्रो सम्भवाना छ । आफुले ८० प्रतिशत दलई अस्ट्रेलिया, अमेरिका निर्यात गर्दै आएको र कच्चा पद्वार्थ नपाएर विदेशबाट आयात गर्नुपरेको अध्यक्ष कोईरालाको भनाई थियो ।

कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत विश्वास काफ्ले नेपालमा कृषकको उत्पादन लागत बढी भएकोले लागत घटाउन अनुदान अन्य विकल्प खोजी आवश्यक रहेको
बताउनुभयो । चितवन महिला उद्यमी मञ्चकी अध्यक्ष तथा सौन्दर्य व्यवसायी सृजना स्वतीले नेपालमा व्युटिपार्लर तालिमलाई प्रभावकारी बनाउन सकेमा राम्रो माग रहेको बताउनुभयो । आफुले हाल सम्म ७ हजार ८ सय जनालाई तालिम प्रदान गरेको र त्यसमध्ये ५ सय आफैं स्वरोजगार र ४ हजार जनाले विदेशमा गएर राम्रो कमाई गरेको अनुभव सुनाउनुभयो ।

सम्मेलनमा वागमति र गण्डकी प्रदेशका करिव ५ सय जनाले सहभागीता जनाएका थिए । सम्मेलनको सहजीकरण प्रिन्सि काफ्ले र चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न मौलिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय