काठमाडौं, ५ चैत । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता पश्चात अब टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरमा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी रु ५ लाखसम्मको बैंक ग्यारेन्टी दश प्रतिशतको नगद मार्जिनमा पाउने भएका छन् । यी सेवाहरुले टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले जनाएको छ ।
इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्नु हुनेछ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।