शंखमूल ओरालोमा टेम्पो दुर्घटना, तीन घाइते

२०८० चैत्र ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , ६ चैत। काठमाडौंको शंखमूलमा टेम्पो दुर्घटना हुँदा एक बालकसहित तीनजना घाइते भएका छन्। चाबहिल–शंखमूल रुटमा चल्ने बा.१ ह ३८७७ नम्बरको टेम्पो शंखमूलको ओरालोमा दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेलाई नजिकैको सिभिल अस्पताल लगिएको छ। स्थानीयका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार