स्याङ्जामा आगलागीबाट ५३० हेक्टर जङ्गल विनाश

२०८० चैत्र ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा,९ चैत । एघार पालिका रहेको स्याङ्जा जिल्लामा आगलागी बाट ५३० हेक्टर वन जंगल विनाश भएको छ । जस मध्य वालिङ्ग नगरपालिकामा सबै भन्दा बढी बन विनाश भएको देखिएको छ ।

जिल्ला बन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमर बहादुर पराजुलीका अनुसार २०७९/८० मा वालिङ्ग नगरपालिका भित्र १२ ठाउँमा लागेको डढेलोका कारण १२५ हेक्टर जङ्गल बिनाश भएको थियो । त्यस्तै गरी पुतली बजार नगरपालिका भित्र १० ठाउँमा भएको आगलागीबाट १२० हेक्टर जङ्गल विनाश भएको थियो ।

भिरकोट नगरपालिकामा ८ ठाउँमा डढेलो लाग्दा ८० हेक्टर जङ्गल विनाश भएको थियो । त्यसैगरि आँधीखोला र फेदीखोलाका ८ स्थानमा आगलागी हुँदा १५० हेक्टर जंगल विनाश भएको थियो । कुनै पनि मानवीय क्षती नदेखिएको अर्जुन चौपारी गाउँपालिकामा ५ स्थानमा आगलागी हुँदा २० हेक्टर जङ्गल विनाश भएको थियो ।

त्यसै गरी चापाकोटको ६ स्थान अन्तरगत १० हेक्टर, विरुवा/हरीनासका ३ स्थानमा १२ हेक्टर र गल्याङ्ग/कालीगण्डकीका २ स्थान अन्तर्गत ५ हेक्टर जङ्गलमा आगलागीका कारण बन विनाश भएको सूचना अधिकारी पराजुलीले हेर्ने कुरा डटकमलाइ जानकारी दिनुभयाे ।

आगलागीको घटना न्यूनीकरण गर्न र घटना हुनै नदिनको लागि सम्बन्धित निकायले आवश्यक प्रचार प्रसारमा संयमता अपनाउन आवश्यक छ । घटना भई हाल्यो भने कसरी सजग रहने कसरी संयमता रहने भन्ने विषयमा पनि समयमा नै सजग गराएर सुरक्षित रहन सिकाउनुपर्छ । वनजङ्गलमा आगलागी हुने सुख्खा समय फाल्गुण चैत्र र वैशाख महिना हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार