स्याङ्जामा जिप दुर्घटना हुँदा ९ जना घाइते

२०८० चैत्र १०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१० चैत । वालिङ् बाट धनपुर तर्फ जादै गरेको बलेरो जिप छत्युनमा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सनिवार करिब ३ बजेर ५० मिनेट जादा ब्रेक फेल भैइ करिब २० मिटर तल खस्दा जिप सवार नौ जना घाइते भएका हुन् ।

ग २ च ७४७९ नम्बरको जिप दुर्घटनामा परेको हो । घाइते मध्य चार जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ् मा उपचार भैइरहेको छ भने ५ जनालाई गण्डकी मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गराइरहनुभएका वालिङ न.पा.११ जोहानखोला बस्ने ४१ बर्षिय चालक ज्ञान प्रसाद पंगेनीकाे दाँया खुट्टामा चोट लागेकाे छ भने साेहि ठाउँमा उपचार गराइरहनुभएका वालिङ न.पा.१० बस्ने वर्ष ३२ की सुकमाया सुन्धौलीकाे बायाँ कोखामा चोट लागेकाे छ ।  वालिङ न.पा.१० बस्ने निज सुकमाया सुन्धौलीको छोरा बर्ष १३ को संगम सुन्धौलीकाे ढाडमा चोट लगेकाे छ भने वालिङ न.पा.११ छत्युन बस्ने बर्ष १९ की नम्रता खत्रीकाे दायाँ खट्टामा चोट लागेकाे छ सबैकाे उपचार प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा भैइरहेकाे छ ।

त्यस्तै गण्डकी मेडिकल कलेज रिफर गर्नेहरूमा वालिङ न.पा. ११ छत्युन बस्ने वर्ष ७७ को रन बहादुर मगर जसकाे दुबै खुट्टा,छाती र टाउकोमा चोट लागेकाे छ । साेहि ठाँउ बस्ने वर्ष ७५ की लाटी मगर जसकाे दुबै खुट्टा,छाती र टाउकोमा चोट लगेकाे छ । भिरकोट न.पा. ५ स्वरेक बस्ने वर्ष ३० की विन्दु खवास जसकाे दुबै हात र टाउकोमा चोट लागेकाे छ । वालिङ न.पा.११ जुहानखोला बस्ने वर्ष ३६ की हुमकला पंगेनी जसकाे दायाँ खुट्टा र घाँटीमा चोट लागेकाे छ भने वालिङ न.पा.११ भकभका बस्ने वर्ष १७ की करिना खवासकाे दुबै हात,दाँया खुट्टामा चोटका कारण पाेखरा रिफर गरिएको सूचना अधिकारी रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार