स्यानी चौर कोलबोट ग्रामीण सडक स्तर उन्नती

२०८० चैत्र १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का

स्याङ्जा,१९ चैत्र । स्याङ्जा जिल्ला भिरकोट नगरपालिका अन्तर्गतको स्यानी चौर कोलबोट ग्रामीण सडक आयोजना निर्माण कार्य सम्पन्न भएको छ ।

वर्षादको समय कच्ची बाटो चिप्लो हुने सवारी साधन फस्ने र पानी आए पछि गाडी नै चलाउन नसकिने समस्या थियो। आवत जावत मा स्थानीय लाई समस्या हुँदा गाडी को बाटो सहज रुपमा संचालन को लागि कच्ची बाटो नै भए पनि बढी ठाडो बाटो भएको हुँदा अन्य ठाउँको तुलना मा बढी समस्या भएको हुँदा केही बाटो बनाउँदा पनि बाकी मा केही सहज हुने भन्दै बाटो सहजीकरण को माग भइरहेको थियो ।

थोरै बाटो बनाउँदा पनि धेरै सहज हुने ठानी पटक पटक माग गर्दा पनि बजेट बाट वञ्चित भई समस्या भई रहेको थियो । यो ठाउँ मा हाल मा जम्मा तीन लाखको बजेट परेको हुँदा निर्माण कार्य थालिएको थियो। उक्त बजेटको सदुपयोग गर्दै कार्य सुचारु भई ढलान कार्य शनिबार सम्पन्न भएको हो । जसमा स्थानिय श्रम दान सहित ७२ मीटर बाटो लम्बाई तीन मिटर चौडाइ बाटो ढलान कार्य सम्पन्न भएको छ। स्यानि चौर कोलबोट ग्रामीण सडक आयोजना अन्तर्गत मिन बहादुर खड्का निर्माण समिति को अध्यक्षता मा कार्यक्रम सुरुवात भएको उक्त निर्माण समिति को कोषाध्यक्ष राधा के सी रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय