तेस्रो गल्याङ महोत्सव डान्स आइडल सिजन ३ को आज फाइनल राउन्ड

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा,१० बैशाख । स्याङ्जाको गल्याङ बजारको तल्लो गल्यङमा चलिरहेको तेस्रो गल्याङ औद्योगिक व्यापार तथा कृषि महोत्सव २०८० मा डान्स आइडल तर्फ आज फाइनल राउन्ड हुदैछ। फाइनल राउन्ड को लाई भोटिङ राउन्डको लागि ४ जना पार्टिसिपेट मध्ये योग्यता पल्ली मगर ,तानी बलामी मगर, अनुजा तरामु मगर र नान्सी थापा रहेका छन् ।

हिज भएको सेमि फाइनल राउण्ड बाट योग्यता पल्ली मगर ६८.५ (७१३ भोट) ,तानी बलामी मगर ६७(२३० भोट),अनुजा तरामु मगर ६४ (२९६ भोट),नान्सी थापा ६३ (४२५भोट) प्राप्त गरि फाइनल राउन्ड प्रवेश गरेका थिए।

आज हुने फाइनल राउन्डको लागि भोटिङ सुरु १० बजे बाट भैसकेको मोडल तथा डान्सर साथै डान्स आइडल सिजन ३ को जर्ज सगुन थापाले बताउनु भयो।

सबैजनाले आफ्नो भन्दा पनि राम्रो हेरेर भोट दिनुहोला र येसो गर्दा फाइनल राउन्ड प्रवेश गरेका प्रतिस्पर्धिहरु प्रती अझै हौसला प्रदान हुने पनि थापाले बताउनु भयो।

गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत ३० गते बाट गल्याङ नगरपालिका ३ को तल्लो गल्याङ खेल मैदानमा सुरु भएको महोत्सव बैशाख ९ गतेसम्म चल्ने भनिएता पनि दर्शक बढेपछी ३ दिन थप गरि महोत्सव बैशाख १२ गते सम्म चल्ने आयोजक ले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय