सुस्मिता हत्याकाण्डको न्यायको लागि दबाब मुलक र्याली

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
हेटौडा,१० वैशाख । हेटौडामा हत्याकाण्ड भएको सुस्मिता केसी थापाको न्यायको माग गर्दै शनिबार दबाब मुलक र्याली भएको छ ।

हेटौडामा हत्याकाण्ड भएको सुस्मिता केसी थापाको न्यायको माग गर्दै विभिन्न संघ संस्था महिला समुह द्वारा कपिलबस्तुको बाण गङ्गा नगरपालिका वडा नम्बर २ इलाका प्रहरी कार्यालयबाट दबाब र्याली सुरु भई वडा नम्बर चारमा कोण सभामा कार्यक्रम सम्पन्न भएको हो ।

न्यायको लागि दबाबमुलक कार्यक्रममा महिला अभियन्ता, सामाजिक अभियन्ता, संघर्ष समिति संयोजक अम्बिका पौडेल, राष्ट्रिय स्वयं सेवकको केन्द्रीय अध्यक्ष खेमराज पौडेल महिला नेतृ दिना सुवेदी भूपू सङ्गठन (२/८ जी आर) समिति सचिव रवि विक लगायत विविध व्यक्तित्व हरु महिला दिदी बहिनी हरु लगायत धेरैको संख्यामा सहभागिता रहेको थियो ।

दबाब मुलक कार्यक्रमका संघर्ष समितिका अध्यक्ष अम्बिका पौडेलले घटनाका योजनाकारलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै दबाब सृजना गर्न आफूहरु बाध्य भएर लाग्नु परेको बताउनुभयो ।

बिहान आठ बजे बाणगङ्गा नगरपालिकाको इलाका प्रहरी कार्यालय पिपरा अगाडि जम्मा भएर प्ले कार्ड सहित सुरुवात गरिएको दबाब र्याली विभिन्न नारा सहित वडा नम्बर ४ को चोकमा र्याली सहित कोण सभा गरिएको पीडितको ठूलो बुवा हेम बहादुर खड्काले बताउनुभयो । उहाँले तत्कालीन समय मा घटेको घटना को छानबिन पछि आएको निर्णय अनुसार अघि बढिरहेको बेला उच्च अदालतले हामीले दिएको प्रमाण लाई काल्पनिक र मनगढन्ते भन्दै जिल्ला अदालतको तत्कालीन समय को छानबिन पछिको निर्णय लाई बेवास्ता गर्नु दुःखद रहेको व्यक्त गर्नुभयो। हत्या गरेपछिको तत्कालीन घटना अध्यन गरेर आएको निर्णय कसरी मनगढन्ते हुन्छ कसरी काल्पनिक हुन्छ भन्दै पूर्णपाठ को निर्णय लेख्ने दुवै जना को निर्णय की सच्चिनु पर्छ कि बर्खास्त गर्नुपर्छ भन्दै पूर्णपाठ को निर्णय प्रति उहाले आक्रोस पोख्नुभयो ।

घटनाको मुख्य योजनाकारलाई उन्मुक्ति दिने गरी उच्च अदालतको पूर्ण पाठ आउला भनेर आफूहरुले कल्पनासम्म नगरे को सुस्मिताको आमा गंगा केसीले बताउनुभयो। उहाले आन्दोलन गरेर मैले छोरि प्राप्त गर्न सक्दिनँ तर बाकी आमा हरु म जस्तो पीडा मा पर्न नपरोस् छोरीहरू यसरी विभत्स हत्यामा परेर मर्न नपरोस् भन्दै आफ्नो छोरीको घटना मा आबद्ध योजनाकार लाई घटना हेरेर निर्णय गरोस भन्दै आक्रोश पोख्नुभयो। छोरीको क्रूर हत्या हुँदा पनि न्यायको लागि सडक मा भिख माग्नुपर्ने भन्दै दुःख व्यक्त गर्नुभयो। यदि सरकारी अदालत ले न्याय दिन सक्दैन भने जनताको अदालत मा पठाउनुहोस् भन्दै आफ्नो वेदना पोख्नुभयो। मैले जस्तो वेदना अरु आमा हरुले भोग्न नपरोस् भन्दै आज हामी सडक मा आएका हौ भन्दै गहभरी आशु पोख्दै वेदना प्रस्तुत गर्नुभयो। छोरी ज्वाइँ सङ्ग बिताएका पल सम्झेर भक्कानिदै दोषीले उन्मुक्ति पाउनु हुँदैन भन्दै उच्च अदालतको निर्णय प्रति असन्तुष्टी व्यक्त गर्नुभयो ।

दोषीले कारबाही पाउनुपर्छ भन्दै कोणसभामा सहभागी अभियान मा सुरुदेखि लाग्नुभएका राष्ट्रिय स्वयम सेवक संघ का अध्यक्ष खेमराज पौडेल ले सबै जुटेर दबाब सृजना गर्नुको विकल्प नभएको बताउनुभयो ।उहाले काठमाण्डौ मा पनि संघर्ष समिति बनिसकेको बताउँदै सुनुवाई नभए आन्दोलन ले चर्को रूप लिने उल्लेख गर्नुभयो।
र्याली मा सुस्मिताले न्याय पाउनुपर्छ , हत्या का योजनाकार लाई जिल्ला अदालत ले २५ वर्ष सजाय सदर गर, हत्याकाण्डको पाँचै जनालाई आजीवन काराबास हुनैपर्छ,
हत्या बलात्कार बाट मारिएका चेलीलाई न्याय दे , दोषीलाई प्रमाण को आधार मा कानुनी सजाय हुनुपर्छ , हत्या का योजनाकारलाई तुरुन्त कारबाही गर, नारीको सम्मान गर , न्याय हाम्रो माग हो लगायतका प्ले कार्ड सहित न्यायको माग गर्दै नारा लगाउँदै प्रदर्शन गरेका थिए।

घटना मिति २०७७ असार एक गते राति हेटौंडाको सुस्मिताको आफ्नै घर परिवारमा योजनाबद्ध रुपमा विभत्स हत्या भएको सिलौटा ले हिर्काएर आफ्नी छोरीको हत्या गरेको प्रमाण खुल्न आएको र जिल्ला अदालत ले छानबिन गर्दा पाँच जना घर परिवार दोषी रहेको र २५ बर्ष जेल सजाय दिएको घटनाको पूर्ण पाठ आउँदा मनगढन्ते र काल्पनिक प्रमाण भनेर जिल्ला अदालत को प्रमाण को वेवास्था गरेको हुँदा माइती पक्ष आक्रोशित भई घटना का मुख्य योजनाकार हत्यारा लाई २५ वर्ष जेल सजाय सदर को माग गर्दै धर्ना सहितको र्याली प्रदर्शन गर्न बाध्य भएको जानकारी सुस्मिता को ठूलो बुवा हेम बहादुर खड्का ले बताउनुभयो ।

सुस्मिताको श्रीमान रुपेन्द्र थापा ससुराली बाट घर फर्कने क्रम मा २०७६ साल आश्विन २३ गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो। त्यस घटना पछि बीमाको रकम घर परिवार ले पाउनुपर्छ भन्ने र सुस्मिताले मात्र पाउनुपर्छ भन्दै विवाद रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय