वालिङमा प्रहरीमाथि कुटपिट, तीन युवक पक्राउ

२०८१ बैशाख २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का 

स्याङ्जा, २३ वैशाख । वालिङ नगरपालिका १३ बायाँटारीमा शनिबार राति स्थानीय तीन युवकले प्रहरीलाई कुटपिट गरेका छन्।

कुटपिटबाट प्रहरी चौकी थुमपोखरा स्याङ्जामा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज कुमार सिह घाइते हुनुभएको प्रहरीले जनाएकाे छ ।

घाइते सिंहको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका १३ बायाँटारीस्थित झोलुङ्गे बजारमा मादक पदार्थ सेवना गरी झगडा गरेको युवाहरुलाई सम्झाई बुझाई गर्ने क्रममा युवाहरुले प्रहरीलाई नै कुटपिट गरी घाइते बनाएको प्रहरी नायव उपरीक्षक रानाको भनाई छ।

कुटपिटमा संलग्न वालिङ नगरपालिका १२ कोखे बस्ने २८ वर्षीय रबिन गुरुङ, २४ वर्षीय काजी गुरुङ र २४ वषीय सुदिप गुरुङलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय