हावाहुरीका कारण गल्याङका ४८ घरमा क्षति

२०८१ जेष्ठ ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ७ जेष्ठ । सनिवार साझ आएको हावाहुरी कारण स्याङ्जाको गल्याङ नगरपालिका आठ,नौ र दश नम्बर वडाका ४८ घरमा क्षति भएको छ ।

अचानक आएको हावाहुरीका कारण घरहरुको छानो,जस्तापाता समेत उडाएको हो । जसमध्ये १७ वटा गोठ र १ विद्यालयमा समेत क्षती पुर्याएको छ । हावाहुरीले दुई करोड बरावरको क्षती पुर्याएको गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जसमध्ये ७ वटा घर पुर्ण रुपमा क्षती भएको छन । आगोलागी र लामो समय सम्म परेको खडेरीका कारण चरम समस्यामा परेका स्थानीयलाई बर्षासुरु भएसंगै आएको हावा हुरीले थप समस्या सिर्जना गरेको छ । हावा हुरीले विद्युतका ३० वटा पोल ढलाएको छ भने चापाकोट,बेल्चौर,पाल्पाको राम्पुर र हुगी लगायतका क्षेत्रमा बिद्युत सेवा समेत अवरुद्ध भएको छ । हावा हुरीले पोल ढलाउदा १५ लाख बरावरको क्षेती भएको बुटवल पावर कम्पनी गल्याङका बितरण शाखा प्रमुख डिल्लीराम ढकालले जानकारी दिनुभयो ।

हावा हुरीले क्षेती पुर्याएको घरमा स्थानीय तथा प्रदेश सरकारले अनुगमन गर्नुका साथै पुर्ण रुपमा क्षती भएर बस्नै नहुुने घर परीवारलाई तत्कालको लागी छिमेकीको घरमा बस्ने वातावरण मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय