मान्छेलाई रोगी बनाउने प्रदूषित हावा

२०८१ बैशाख २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २३ वैशाख । केही हप्तायता आँखाले प्रष्टै देख्ने र शरीरले तत्कालै महसुस गर्ने गरी वायू प्रदूषण बढेको छ ।

काठमाडौं लगायत प्रमुख शहरमा धुवाँधुलो त पहिल्यैदेखि थियो, देशभर डढेलो लाग्दा, हावा नचल्दा र पानी नपर्दा वायुमण्डलमा अत्यधिक धुवाधुलोले सास फेर्न नै समस्या भएको थियो ।

दुई हप्तायता धेरै मानिस आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लक्षण लिएर अस्पताल पुगिरहेका छन् । धुवाधुलोका कारण कतिपय दीर्घरोगी त आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका चिकित्सकहरु बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढिरहेका छन् । उनका अनुसार बहिरंग सेवामा दैनिक सेवा लिन आउने सरदर २५० बिरामीमध्ये आधा भन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय