अपाङ्ग तथा फरक क्षमता भएका व्यक्तिलाई पाठी वितरण

२०८१ बैशाख २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २४ वैशाख । स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकाले सोमबार भिरकोट नगरपालिका र भिरकोट नगर अपाङ्ग समाजको आयोजनामा अपाङ्गता तथा फरक क्षमता भएका ब्यक्तिहरुको लागि उन्नत जातको बाख्राको पाठी वितरण गरेको छ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्य प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले कार्यक्रममा बोल्दै आर्थिक अवस्था कमजोर भएका फरक क्षमता भएका व्यक्तिहरूलाई घर परिवारको आर्थिक संकलनमा सहज हुने भन्दै नगरले उन्नत जातको बाख्राको पाठी वितरण गरेको जानकारी गराउनुभयो । यसरी वितरण गरिएका बाख्रा दुई चार दिन मात्र पाल्नको लागि नभएर निरन्तरता दिनको लागि वितरण गरिएको हो । घर परिवारले पनि राम्रोसँग संरक्षण गरेर पाल्दा पाल्दै बीचमा छोड्न नहुने जानकारी समेत गराउनुभयो। यसरी वितरण गरिएकोलाई कुनै बेला अनुगमनको लागि पनि आउन सकिने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर एकका वडा अध्यक्ष दिपेन्द्र केसीले फरक क्षमता भएका व्यक्तिलाई बोझ बोकाउन नहुने हो तर उहाँहरु कै सक्रियता रहेको हुँदा आर्थिक उपार्जनको लागि सहयोगी हुने भन्दै उन्नत जातको पाठी वितरण गरिएको जानकारी दिनुभयो। पाठी वितरण गर्दा भोलि संख्या बढाएर व्यवसायको रुपमा बाख्रा पालन गर्न सकिने भन्दै घर परिवारले पनि साथ दिनुपर्ने बताउँदै आर्थिक उपार्जनमा सहयोगी बन्ने बताउनुभयो।

कार्यक्रममा ३१ वटा उन्नत जातको पाठी वितरण गरिएको थियो । जस् अन्तर्गत वडा नम्बर ३ र वडा नम्बर ८ मा ५ /५ वटा उन्नत जातको पाठी वितरण गरिएको थियो भने बाकी १,२,४,५,६,७ र ९ मा ३/३ वटा उन्नत जातको पाठी गरी जम्मा ३१ वटा पाठी वितरण गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो। असक्त मध्य कुनै कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख भगवती रेग्मी अर्याल, प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना लगायत वडाका वडा अध्यक्षहरु रहनुभएको कार्यक्रममा भिरकोट अपाङ्ग संघको अध्यक्ष श्याम प्रसाद अर्याल को अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रम मा स्वागत मन्तव्य कृषि शाखा प्राविधिक थान प्रसाद तिवारी ले गर्नुभएको थियो भने कार्यक्रमको समापन अपाङ्ग समाजको अध्यक्ष श्याम प्रसाद अर्यालले अपाङ्ग समाजको आयोजनामा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, फरक क्षमता भएका व्यक्ति अभिभाबक सम्पूर्ण प्रति आभार व्यक्त गर्दै नगरपालिकाको सहयोगमा सुरुवात गरिएको उन्नत जातको पाठी वितरणमा सहभागी फरक क्षमता भएका व्यक्ति र घर परिवारलाई पाठी पालेर आर्थिक उपार्जनको माध्यम बन्ने भन्दै वितरण गरिएका पाठीको लागि परिवारले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु भन्दै नगरको साथ समर्थनमा खुशी व्यक्त गर्दै सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय