भिरकोटमा धेरै धान फलाउन उन्नत जातकाे बीउ वितरण

२०८१ बैशाख २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २४ वैशाख । समृद्ध भिरकोटको आधार, “कृषि र पर्यटन आँधीखोलाको उपहार” भन्ने नारा सहित कृषि मा प्राथमिकता राख्दै स्याङ्जा जिल्ला भिरकोट नगरपालिकाले अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ।

कृषकहरुको माग निवेदन अनुसार बीउ बिजनमा सहजीकरण भन्दै बयरघारी सिटी हलमा वैशाख २० गते उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको हाे।

धानको बीउ अन्तर्गत राम धान , सावित्री धान, साबा मन्सुली सब वान र मकवानपुर एक भन्ने उन्नत जातको धानको बीउ वितरण गरेको भिरकोट कृषि शाखा प्रमुख कमल काफ्लेले जानकारी दिनुभयो।

जस् अन्तर्गत साबा मन्सुली सब वान १४३० केजी, राम धान ५४८० केजी, मकवानपुर एक ४१० केजी र सावित्री धान ११६० केजी भिरकोट मा रहेका कृषकको माग निवेदन अनुसार वितरण गरेको जानकारी कृषि शाखा प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, भिरकोट नगर अधिकृत धर्मराज ढुङ्गाना, नगर प्रवक्ता वडा नम्बर १ का वडाध्यक्ष दिपेन्द्र केसी, वडा नम्बर २ का वडाध्यक्ष श्याम काजी अधिकारी, भिरकोट नगर योजनाविद् याम प्रसाद रेग्मी लगायत विविध व्यक्तित्वहरु र बीउ माग गर्ने कृषकहरुको बाक्लो सहभागिता रहेको थियो। बीउ एक दिन मात्र नभई माग निवेदन अनुसार सूचना पछि पाएको भएर अर्को दिन पनि वितरण गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय