आगलागीबाट स्याङ्जामा फलफूलका बगैंचा सखाप

२०८१ बैशाख २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ वैशाख । स्याङ्जा जिल्लाको पुतलीबजार ११ करेण्डाडामा वैशाख १९ गते खेत मा झारपात जलाउने क्रममा हावा लागि आगो नियन्त्रणमा लिन नसक्दा आगो फैलिन गई गम्भीर रूप लिन पुग्यो। जसले गर्दा करेण्डाडाले ठूलो क्षति भोग्नुपर्यो।

आगलागीबाट ४७ घरधुरी प्रभावित भएका छन् भने तीन घर पूर्ण क्षति भएको छ । साथमा परालको टौवा र एक गोठ जलेर नष्ट भएको छ । त्यसैगरि खानेपानी र सिँचाइ गरी १२०८५ मिटर पाइप पनि जलेर नष्ट भएको छ।

सुन्तला खेतीको लागि राम्रो पकेट क्षेत्रको रुपमा रहेको करेण्डाडामा आगलागीबाट सुन्तला, कफी, भुइँकटहर, लिची, आप, अलैँची, सिताके च्याउ मुढा तेजपत्ता र केरा लगायतका सम्पूर्ण बोटहरु जलेर ठूलो क्षति बेहोर्नुपरेको छ।

जस अन्तरगत सुन्तलाको हुर्कदै गरेको विरुवा २६७४ मा क्षति पुगेको छ भने फल दिइ रहेको दाना हालेको ४९७७ बोटमा क्षति , कफि अनुमानित ५००० वोट, तेजपत्ता २५० बोट, सिताके च्याउको मुढा २५०, भुईकटहर २०० बोट, लिची ४ बोट, आप ५ बोट, अलैँची १५० बोटको हाराहारीमा नोक्सान भएको सुन्तला सुपर जोनका प्राविधिक सहायक इन्द्र सुवेदीले जानकारी दिनुभयो।

फलफूलको बोट बढी भएको उत्पादन भइरहने बोट नाश हुँदा आर्थिक क्षति पनि उत्तिकै बेहोर्नुपरेको छ । त्यसै गरी आउँदो वर्षहरूको लागि पनि समस्या भएको छ। गरिएको लगानी घाटामा पुगेको छ भने आउँदो समयको लागि पनि समस्या भएको छ । जलमलको राम्रो व्यवस्था गरेको खण्डमा धेरै लामो समय सम्म फल दिन सक्ने बोट विरुवा नाश हुँदा लगानी कर्ताको मिहिनेत र श्रमको विषय रहेन भने लामो समय सम्मको लागि समस्या बनेको छ ।

हालमा बढी सक्रिय भएर सुन्तला खेतीमा लगानी गर्नुभएको भुमिजङ्ग केसीको बढी क्षति भएको  छ । उहाको हुर्कदै गरेको र फल हालेको बोट लगभग २००० देखि २५०० सम्म क्षति भएको छ भन्ने  बाकी घरहरुको कम हुनेहरूको पनि १००र१५० बेर्ना र बोटहरुमा क्षति पुगेको पुतली बजार ११ का वडा सदस्य विष्णु पराजुलीले जानकारी दिनुभयो।

सुन्तला खेतीबाट कम्ती आम्दानी गर्ने घर परिवारले पनि एक डेढ लाखको आम्दानी हुने गर्थ्यो भने बढी आम्दानी गर्ने घर परिवार मध्य बाइस पच्चीस लाखको हाराहारीमा आम्दानी भइरहेको जानकारी वडा सदस्यले गराउनुभयो। एकै छिनको आगलागीले यत्ति ठूलो क्षति गर्दा स्थानीय लाई ठूलो मार परेको छ भने आगलागीबाट सावधानी र सचेत रहनु आवश्यक रहेको जानकारी समेत वडा सदस्यले गर्नुभयो। त्यसै गरी एक जना व्यक्ति आगलागीमा परेको हुँदा उपचारको क्रममा स्याङ्जा पुर्याउँदा स्याङ्जाले पोखरा पठाएको र पोखरा बाट काठमाण्डौमा उपचार भइरहेको समेत जानकारी दिनुभयो।

करेण्डाडा क्षेत्र सुन्तला को लागि उपयुक्त वातावरण मानिएको र सुन्तला खेती ले राम्रो मार्केट लिएको क्षेत्र अन्तर्गत पर्दछ । त्यहाको जग्गा सेपिलो खालको हुँदा उत्पादन हुने क्षेत्रमा पनि सुन्तला खेती लाई प्राथमिकता दिएर सुन्तलाको विरुवा हुर्कदै गरेको र बोट रहेको क्षेत्र त्यसै गरी वरपर अन्य रूख विरुवालाई भन्दा सुन्तलालाई महत्व दिएर सुरुवात गरिएको एकछिनको डढेलोले सर्वनाश गर्दा लगानीकर्तामा नैराश्यता आउनु स्वाभाविक नै रहन्छ ।

अनुमानित हिसाब गर्दा गत वर्षको तुलनामा बोट विरुवा हेर्दा एक करोड आठ लाखको क्षति भएको जानकारी सुन्तला सुपर जोन को प्राविधिक सहायक इन्द्र सुवेदीले जानकारी दिनुभयो। जस् अन्तर्गत सुन्तला मा बढी ९८ लाख ९३ हजार ५ सय को अनुमान गरिएको छ भने कफी मा पाँच लाख र अलैँची मा अनुमानित एक लाख बाह्र हजार भुइँकटहर मा पन्ध्र हजार, लिचीमा चालीस हजारको अनुमानित आकलन गरेको सुवेदीले जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय