ग्रामीण स्तरमा भएका सम्पदाको संरक्षण र प्रवर्द्धनमा आँधीखोला गाउँपालिका

२०८१ बैशाख २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २७ वैशाख । स्याङ्जा जिल्लाको एघार पालिका अन्तर्गतको आँधीखोला गाउपालिका ग्रामीण पर्यटनलाई प्राथमिकता दिनको लागि जुटिरहेको छ।

प्राकृतिक स्रोत साधन स्थलको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्नको लागि पर्यटकिय सम्भावना बढाउनको लागि गाउँपालिका जुटेको हाे। आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा वैशाख १४ गते छहरा संरक्षणको लागि पर्यटकिय स्थलको रुपमा पहिचान गराउनको लागि आवश्यक परामर्श गर्दै छलफल अन्तर्क्रियामा जुटेको थियो।

ठूलो छहरा सानो छहराको संरक्षण प्रवर्द्धन गर्नको लागि प्रगतिशील युवा क्लबका अध्यक्ष रामकृष्ण क्षेत्रीको अध्यक्षतामा पर्यटकिय सम्भावना बढाउन आकर्षक तवरमा विकास र संरक्षण गर्नको लागि समिति गठन गरिएको छ भने यसको सल्लाहकारको रुपमा इतिहासविद्ध प्रा. डा. दिल बहादुर क्षेत्री रहनुभएको छ। उहाले कार्यक्रममा पर्यटकीय स्थल संरक्षणको लागि स्थानिय ब्यक्तिहरुको महत्व र सक्रियता रहने जानकारी दिनुभयो। यसको लागि आवत जावतको लागि सहज बाटो पानीको मुहान व्यवस्थापन उपयोगितामा महत्व र संरक्षण आदि धेरै क्षेत्रमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो। स्थानीय भूबनोट हेरेर बिज्ञ सङ्ग अन्तर्क्रिया गर्नुपर्ने जानकारी समेत गराउनुभयो ।

आँधीखोला गाउँपालिकामा नै अवस्थित सिरुवारी होमस्टे पर्यटकको आकर्षक स्थल, स्याङ्जा कास्की र पर्वतको संगम स्थलको रुपमा रहेको पञ्चासे पनि आँधीखोला मै रहेको छ।  त्यसै गरी सेतीदोभानमा काला भैरवको मन्दिर रहेको र हिन्दूहरूको महान पर्व दशैंमा पूजा गर्ने प्रचलन रहेको ,धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्धाअन्धी दह पनि यही क्षेत्रमा रहेको  भगवान भीम खड्काले जानकारी दिनुभयो।

कार्यक्रममा स्वागत मन्तब्य मिन बहादुर क्षेत्रीले गर्नु गएको उक्त कार्यक्रमको सहजीकरण रवीन्द्र क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर २ को वडाध्यक्ष कमल प्रसाद पौडेल, वडा नम्बर ४ को वडा अध्यक्ष सिंह बहादुर क्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद पनेरु कार्यपालिका सदस्य नर बहादुर गोदार क्यानोनिङ्ग एंड प्रोमोसन कमिटी स्याङ्जाका अध्यक्ष मोहन खनाल क्षेत्री लगायत स्थानीय बुद्धिजीवी शुभचिन्तकको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै निकट भविष्यमा आँधीखोला र वहियालाई पर्यटन हबको रुपमा अगाडि बढाउने गरी अल्पकालीन र दीर्घकालीन योजनाहरु तयार गर्ने भन्दै एतिहासिक सांस्कृतिक सम्पदाको संरक्षणमा अघि बढ्ने क्लबका अध्यक्ष रामकृष्ण क्षेत्रीले जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय