कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्दै

२०८१ बैशाख २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२७ वैशाख। नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समिति बैठक बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको हो ।

पूर्वमन्त्री तथा पार्टीको पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने आकस्मिक बैठक बसिरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

८४ वर्षीय गुरुङको काठमाडौँको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय