कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा

२०८१ बैशाख २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२७ वैशाख। कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुग्नुभएको हो ।

रिट निवेदनमा उहाँले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गर्नुभएको छ । सर्वोच्च प्रशासन स्रोतले कार्कीको रिट निवेदन आइपुगेको र आफूहरु अध्ययनकै क्रममा रहेको बतायो । अध्ययनपछि बिहीबार साँझसम्म रिट निवेदन दर्ता हुने उहाँको भनाइ छ । कार्की आफैँ अहिले सर्वोच्चमा रह्नुभएको छ ।

उता कार्की सर्वोच्चमा हुँदै गर्दा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले ५२ सांसदको समर्थनसहित आफ्नो दाबी पेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय