सरकारले निर्णय गर्ने अधिकार भएपनि निजी क्षेत्रलाई सहभागिता गराएर गराउने गरेका छौं : अर्थमन्त्री पुन

२०८१ बैशाख २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२७ वैशाख। अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरि आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री पुनले निजि क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरि बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको हो । बजेटलाई परिणाममूखी बनाउनका लाथि प्राय सवै क्षेत्रसंग छलफल गरिरहेको उहाले बताउनुभयो । उहाले गतबर्षभन्दा मुलुकको अर्थतन्त्र केहि राम्रो भएपछि थप राम्रो बनाउनका लागि आशावादी ढंगले नै बजेट निर्माण भइरहेको धारणा राख्नुभयो ।

अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोवल घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिने र सम्पत्ति र व्यवसायको सुरक्षालाई सरकारबाट विश्वास दिलाउन प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाले सरकारको नीतिबाट बाहिर राष्ट्र बैंक नहुने भन्दै नीति तथा कार्यक्रम , बजेट र मौद्रीक नीतिमा एकरुपता ल्याउने बताउनुभयो । उहाले विद्युतिय सवारी साधानमा कर बढाउन दवाव आइरहेको र इभिका कारण ४० अर्व गुमेपनि यसबारे अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।

उहाले केहि क्षेत्रमा रिफर्मको माग पनि आएको भन्दै केहि क्षेत्रलाई भने बजेटले बिशेष प्राथमिकता दिने संकेत गर्नुभयो । मन्त्री पुनले आर्थिक गतिविधिलाई चलायमान गर्न नै सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय