दुर्गा प्रसाईंको समूहले बैंकमा लगायो ताला,प्रहरी र समुह बीच झडप

२०८१ बैशाख २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२७ वैशाख। दुर्गा प्रसाईंले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृती तथा नागरिक बचाउ महाअभियानको युवा दस्ताले झापाको बिर्तामोडमा रहेको ज्योति बिकास बैंकमा तालाबन्दी गरेको छ ।

बैंक बित्तीय संस्थाको ज्यादती विरुद्धको आन्दोलन भन्दै तालाबन्दी गरिएको आन्दोलनकारीले बताउनुभएको छ । बर्दियाका खुशीराम चौधरीले ज्योति बिकास बैंकको टर्चर सहन गर्न नसकेर आत्महत्या गरेका कारण आन्दोलित बनेको एक आन्दोलनकारीले बताउनुभयो । बैंकको म्यानेजरलाई आत्माहत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेर कानुन बमोजिम कार्वाही नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने आन्दोलनकारीको भनाइ छ ।

बैंकका तालाबन्दी गरेपछि प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन लाठी चार्ज समेत गरेको छ । आन्दोलनकारी र प्रहरी बिचमा झडप भएपछि केहि बेर बिर्तामोडको स्थिति तनाब ग्रस्त बनेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय