मन्त्रिपरिषद् बैठक : जोशी र ढकाल एआईजीमा बढुवा

२०८१ बैशाख २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२७ वैशाख । सरकारले प्रहरी नायव महानिरीक्षक(डीआईजी)हरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।

बैठकले प्रहरी नायव महानिरिक्षक (डीआईजी)उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय गरेको छ भने भाषा आयोगको सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले अन्तराष्ट्रिय स्तरको क्रिकेट ,कराते. तेक्वाण्डो र कवड्डी प्रतियोगीतामा बिजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरि जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

सरकारले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रस्तुत गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय