बयरघारी पिस युथ क्लबको तेस्रो रमाइलो मेला तथा खुल्ला भलिबल प्रतियोगिता भिरकोट खेल मैदानमा

२०८१ जेष्ठ १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, १३ जेठ । समाज राष्ट्र विकासको लागि युवा एकता ,अनुशासन, विकास र गतिशीलता भन्ने मूल नारा सहित बयरघारी पिस युथ क्लबले बुद्ध जयन्तीको अवसर पारेर भिरकोट खेल मैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ।

पिस युथ क्लबले २५६८ औं बुद्ध जयन्तीको अवसरमा जेठ १० गते बुद्ध जयन्तीको दिन भिरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सुरुवात गरेको थियो । रमाइलो मेला तथा भलिबल प्रतियोगिता सहित विद्यालय स्तरीय नित्य प्रतियोगिता पनि रहने जानकारी भिरकोट नगर प्रवक्ता वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसीले जानकारी दिनुभयो। रमाइलो मेला कार्यक्रम अन्तर्गत कृषि , पर्यटन तथा व्यापारिक स्टलको साथमा मनोरञ्जनको लागि पिङ्ग, रेल डुङ्गा तथा बाल उद्यानका सामग्री रहेको प्रवक्ता केसीले बताउनुभयो।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले विषम परिस्थितिमा कार्यक्रम सुरुवात भए पनि मौसम माथि ख्याल राख्दै अघि बढ्न आयोजक पिस युथ क्लबलाई अनुरोध गर्नुभयो। उहाले युवा एकता राम्रो विषय भन्दै युवाहरु खेलकुदमा मात्र नभई सामाजिक कार्यमा पनि जोडिन युवा हरुलाई आग्रह गर्नुभयो। आफ्नो कर्तब्य के हो भनेर विकास का कार्यक्रम अन्तर्गत उत्पादन गर्ने र सीप सिक्ने विषयमा पनि युवा अग्रसर रहनुपर्छ भन्दै नगर सङ्ग जोडिएर कार्य गर्न युवा लाई अनुरोध गर्नुभयो। युवा अवस्थामा खेलकुदमा मात्र समय व्यतीत गर्दै पछि पीडामा रहन नपरोस् भन्दै आर्थिक उपार्जनमा पनि जोडिन आग्रह गर्नुभयो। त्यसै गरी बुद्ध जयन्तीको अवसरमा सुरुवात गरिएको कार्यक्रममा बुद्ध जस्तै शान्तिको बाटोमा अघि बढ्नुपर्छ भन्दै कार्यक्रम सान्ति तवरमा सफलता पूर्वक सम्पन्न होस् नगरले सक्दो सहयोग गर्नेछ भन्दै शुभकामना दिनुभयो।

कार्यक्रम मा नगर प्रवक्ता वडा नम्बर एक का वडा अध्यक्ष दिपेन्द्र केसी ले प्रतिकूल बाताबरण को समय मा रमाइलो मेला र भलिबल प्रतियोगिता कार्यक्रम सुरु भएको हुँदा सबै ले सजग भएर अघि बढ्न आग्रह गर्नुभयो। कार्यक्रम झै झगडा नगरिकन शान्तिपूर्वक सम्पन्न गर्न र कार्यक्रम भब्य बनाउन जनप्रतिनिधि राजनैतिक दलहरु र नगरको सहयोग रहनेछ भन्दै बुद्ध जयन्तीको अवसरमा सुरुवात भएको हुँदा बुद्ध जयन्तीको शुभकामना को साथमा आयोजक क्लबलाई शुभकामना भन्दै रमाइलो मेला मा सहभागी भई रमाइलो गर्न आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो।

बयरघारी पिस युथ क्लबले आयोजना गरेको उक्त खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम मा प्रथम पुरस्कार एक लाख दश हजार रहेको छ। त्यसै गरी दोस्रो पुरस्कार ६५ हजार , तेस्रो पुरस्कार ३५ हजार र सान्त्वना पुरस्कार २० हजार रहेको जानकारी सामाजिक व्यक्तित्व सूर्य अधिकारीले गराउनुभयो। कार्यक्रममा निवर्तमान भिरकोट मेयर छायाराम खनाल भिरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्याल, भिरकोट नेपाली कांग्रेस का सभापति याम प्रसाद अधिकारी, भिरकोट एमाले का सभापति विश्व नाथ अर्याल, भिरकोट राप्रपा का सभापति हर्क बहादुर रोका, भिरकोट रास्वपा का सभापति सुरेश उच्चै ठकुरी, भिरकोट उद्योग बाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइराला लगायत को सहभागिता रहेको थियो ।

बयरघारी पिस युथ क्लबको अध्यक्ष दिल बहादुर (सागर)थापा छन भने सचिव महिला रेश्मा गुरुङ्ग रहेकी छन् । प्रतियोगिता अन्तर्गत विद्यालय स्तरीय नित्य प्रतियोगिता मा प्रथम पुरस्कार १५०००, दोस्रो १०००० र तेस्रो ५००० पुरस्कार राशि रहेको छ। रमाइलो मेला कार्यक्रम मा दर्शक हरुको रमाइलो को लागि स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति जस अन्तर्गत रामजी खाण , पशुपति शर्मा ,  राजु परियार , समीक्षा अधिकारी, श्याम राना, ज्योति मगर लगायत गायकहरुको बेजोड प्रस्तुति रहेकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय