बजेट व्यापारीको सेटिङमा आयो : महत

२०८१ जेष्ठ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट व्यापारीको प्रभावमा परेर आएको बताउनुभएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेपछि कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले व्यापारीको सेटिङमा स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाइएको आरोप लगाउनुभयो ।

‘व्यापारीको सेटिङको प्रभावमा आलु, प्याज र स्वायमाथिको भ्याट हटाउने काम भयो,’ उहाँले भन्नुभयो ।

यस्तै स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएर स्वदेशी उत्पादन बढ्छ भन्नु सिँधै झुटो कुरा भएको उनको भनाइ छ । ‘हामीले आन्तरिक उत्पादनमा होइन भन्सारमा कर लगाउने भनेको थियौँ । भन्सारमा भ्याट लगाउँदा बाहिरबाट आउने उत्पादन महँगो हुन्छ र स्वदेशी उत्पादन प्रतिस्पर्धी हुन्छ भनेर लगाइएको थियो । त्यो हटाएपछि आन्तरिक उत्पादनले कसरी प्रतिस्पर्धा गर्छ ,’ महतले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय