गल्याङ नगर उपप्रमुख न्यौपाने सहितलाई बिशेष अदालतले दियो सफाइ

२०८१ जेष्ठ २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२० जेठ । पकवादी सहकारी सस्थांको अस्थायी टहरामा आर्थिक अनियमितता भएको भन्दै गल्याङ नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिना सहित ८ जना विरुद्ध परेको मुद्दामा बिशेष अदालतले सफाइ दिएको छ ।

आइतबार बिशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु,तेज नारायण सिंह राई र जितेन्द्र थापाको इजलासले पकवादी सहकारीको टहरा निर्माणमा कुनै आर्थिक अनियमितता नभएको भन्दै सफाइ दिएको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।

नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिना तत्कालीन अवस्थामा सो सहकारीको उपाध्यक्ष भएको समयमा बनेको टहरामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ गते बिशेष अदालतमा दर्ता गरेको थियो । न्यौपाने सहित सहकारी संचालक समिती ८ जना विरुद्ध मुद्दा दर्ता भएको भएको थियो । मुद्दा दर्ता भएको २ महिना पनि नपुग्दै अदालतले सफाइ दिएको हो । उपमेयर सहित हरिलाल खनाल,पर्शुराम खनाल,उमा श्रेष्ठ,महेन्द्र कुमार भन्ने श्रीप्रसाद श्रेष्ठ,निलकण्ठ पोख्रेल,विश्वनाथ पौडेल र भानुभक्त भट्टराई विरुद्ध परेको मुद्दामा सबैले सफाइ पाएको सूचना अधिकारी रेग्मीले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

राजनैतिक प्रतिशोधका कारण जनप्रतिनिधि हुनुपुर्वको एउटा बाहाना खोजेर मुद्दा दर्ता गएर जनतामा भ्रम छर्न खोजिएको दाबी गर्दै आउनु भएकी उपप्रमुखको भनाइलाई अदालतले सत्य सावित गरिदिएको छ । “उपप्रमुख हुँदा कुनै अनियमितता भएको नपाए पछि म पहिले आवद्ध रहदाको सस्थाँ जोडेर मेरो चरित्र हत्या गर्ने गरी मुद्दा दर्ता गरिएको थियो । म सत्यको बाटोमा छु भन्ने प्रमाण अदालतले सावित गरिदियो ।” अदालतको फैसला पछी प्रतिक्रिया दिदै उपप्रमुख न्यौपानेले भन्नुभयो । गल्ती नगरेको हुँदा राजनैतिक प्रतिशोधमा हालिएको मुद्दामा न्याय मिल्ने तर्क गर्दै आउनु भएकी उपप्रमुखले अन्ततः न्याय पाएको प्रतिक्रिया दिनुभएको छ ।

बिशेष अदालतमा मुद्दा दायर भए लगत्तै निलम्वन हुनुभएकी गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाकाे यो फैसला संगै निलम्वन पनि स्वतः फूकुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय