पूजा खड्का
स्याङ्जा, २३ जेठ । स्याङ्जाको भिरकोट बयरघारी पिस युथ क्लबले २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर राखेको रमाइलो मेला तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजक समुह आफैले उपाधि हात पार्दै भिरकोट खेल मैदान बयर घारीमा सोमबार सम्पन्न भएको छ।
कार्यक्रम मौसमको समस्याको बावजूद पनि हिजो सोमबार सम्पन्न भएको हो। कार्यक्रम मा भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नित्य प्रतियोगिता लगायत खेल मा उत्कृष्ट अनुसासित जस्ता विविध विधामा पुरस्कार वितरण गरिएको थियो ।कार्यक्रम गण्डकी प्रदेश का निवर्तमान मन्त्री मेखलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको भिरकोट प्रवक्ता दिपेन्द्र केसीले जानकारी गराउनुभयो।
भलिबल प्रतियोगिता को फाइनल मा पुगेको राङ्खोला क्लब लाई हराउँदै आयोजक बयरघारी पिस युथ क्लब प्रथम स्थान हासिल गर्न सफल रह्यो भने राङखोला युवा क्लब दोस्रो स्थान हात पार्यो। त्यसै गरी तेस्रो स्थानमा न्यू होराइजन बुटवल रहेको प्रवक्ता केसीले जानकारी दिनुभयो।
कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर एक का वडा अध्यक्ष दिपेन्द्र केसीले राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउँदै खेल मा जस्तै सामाजिक तथा आर्थिक आयआर्जन मा पनि जोडिन युवा हरुलाई आग्रह गर्नुभयो। त्यसै गरी समाजको सर्वाङ्गीण विकासका लागि खेलकुद अध्यन र समाजका समस्या समाधान सहित योजनामा सक्रिय भएर नयालाई सिकाउँदै अग्रज को सुझाब लाई ध्यान मा राख्दै अब्बल समाज बनाउन युवा ले जोड दिनुपर्ने बताउनुभयो।
प्रतिकूल मौसम मा पनि एघार दिनसम्म रमाइलो मेला लगायत भलिबल र विद्यालय स्तरीय नित्य प्रतियोगिता राख्न सफल रहेको मा आयोजक क्लब लाई धन्यवाद दिनुभयो। त्यसैगरी अनुशासित पूर्वक खेल खेल्ने क्लब र रमाइलो मेला चुनौती पूर्ण रहेको अबस्थामा कलाकारहरुले बेजोड प्रस्तुत गर्नुभएको मा आभार प्रकट गर्नुभयो। कार्यक्रम को सुरक्षाको जिम्मेवारी नगरले लिएको कुनै पनि दुर्घटना नभई सुरक्षित तवरमा खेल सम्पन्न भएकाे हुँदा सुरक्षाको लागि खटिनु भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ्ग र दहथुम प्रहरी चौकी को सेवा प्रति आभार रहेको जनाउनुभयो।
कार्यक्रममा वडा नम्बर छ सात र आठ का वडा अध्यक्षहरू रामकाजी केसी, तारा अर्याल, नन्दु खनाल लगायत अर्जुन प्रकाश अर्याल सहभागी हुनुहुन्थ्यो । त्यसै गरी निवर्तमान नगर उपप्रमुख सीमा केसी कर्माचार्य , नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर दुईका क्षेत्रीय सचिव दीपक रेग्मी, स्याङ्जा नेपाली कांग्रेस क्षेत्र नम्बर दुई क का उपसभापति कुल बहादुर गुरुङ्ग , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुनिता उच्चै ठकुरी लगायत को सहभागिता रहेको थियो। कार्यक्रम मा विशिष्ट अतिथि अतिथि को रुपमा रहनुभएको वक्ताहरुले मौसमको चुनौतीको बावजूद पनि रमाइलो मेला र खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्न सफल भएको मा आयोजकलाई धन्यबाद भन्दै शुभकामना व्यक्त गर्नुभएको भिरकोट प्रवक्ता वडा नम्बर एक का वडा अध्यक्ष दिपेन्द्र केसीले जानकारी दिनुभयो।
खुल्ला भलिबल प्रतियोगिता अन्तर्गत आयोजक क्लब ले एक लाख दश हजार सहित ट्रफि मेडल र प्रमाण पत्र ले पुरस्कृत भयो भने दोस्रो पुरस्कार राङ्गखोला क्लब ले पैसठ्ठी हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल रह्यो । त्यसै गरी न्यू होराइजन बुटवल ले पैंतीस हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको थियो ।
कार्यक्रममा विद्यालय स्तरिय नित्य प्रतियोगिता मा बाल ज्योती प्रथम भई पन्ध्र हजार नगद पुरस्कार त्यसै गरी दश हजार नगद सहित भाग्योदय दोस्रो र तेस्रो स्थानमा बालोदय पाँच हजार नगद सहित पुरस्कृत भएको थियो। त्यसैगरी खेल मैदान स्तरोन्नतिको लागि कार्यक्रम का प्रमुख अतिथि श्रेष्ठ लगायत नगर को प्रयास मा गण्डकी प्रदेश बाट सोह्र लाख को योजना परेको प्रवक्ता केसीले जानकारी गराउनुभयो।