पाल्पामा लोडर दुर्घटनामा सहचालकको मृत्यु , चालक घाइते

२०८१ जेष्ठ २४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,२४ जेठ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती कञ्चनखोलामा लोडर दुर्घटनामा बिहीबार सहचालकको मृत्यु भएको छ । मृत्यु हुने बर्दिया जिल्लाको बागडोरी गाउँपालिका–६, का ३० वर्षीय कमल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा लोडर चालक कैलाली जिल्ला घोडाघोडी गाउँपालिका–२ का ३० वर्षीय समीर चौधरी घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सालझण्डी–ढोरपाटन खण्डमा सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बर लोडर ब्रेक फेल भई सडकबाट अन्दाजी २० मिटर तल कञ्चनखोलामा खसेको थियो ।

सवारी दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय