मुक्तिनाथ विकास बैंकद्वारा बझाङको विद्यालय भवन निर्माणका लागि सहयोग

२०८१ जेष्ठ २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२९ जेठ । मुक्तिनाथ विकास बैंकले बझाङको थलरा गाँउपालिका ९ स्थित श्री भवानी आधारभुत विद्यालयको भवन पुनर्निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ ।

 नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरि निर्माण गरेको उक्त भवनको निर्माण कार्य पुरा भएपछि एक कार्यक्रमका बीच विद्यालयलाई हस्तारण गरिएको बताएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले समेत श्रमदान गरेका थिए ।

कम्पनीले विद्यार्थीहरुले यस प्रकारको सहयोगबाट नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय