स्याङ्जाका बाढीपिडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद थापाकाे सरकारसंग माग

२०८१ असार २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा २५ असार । स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ बाट जितेर प्रतिनिधिसभा सदस्य तथा संविधान सभा सदस्य माननीय राजु थापाले प्रतिनिधिसभा बैठकको विशेष समयमा आईतबार बोल्दै स्याङ्जामा भएको अविरल वर्षाले स्याङ्जा बासीमा परेको समस्याको बारेमा उजागर गर्नु भएको छ। त्यसैगरी अविरल वर्षाका कारण पहाडमा बाढी पहिरोको जोखिम र तराईमा डुबान समस्या रहने जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

स्याङ्जा जिल्लाको पुतलीबजार भिरकोट अर्जुन चौपारी विरुवा गाउँपालिका लगायत का क्षेत्रमा भौतिक तथा मानवीय क्षति पुर्याएको प्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
विरुवा गाउँपालिका मा तीन जना माधव शर्मा मरासिनी, गुन्जेस्वरी मरासिनी हरिमाया मरासिनी र भिरकोट पाँच मा खेम मल्ल को अविरल परेको वर्षाका कारण पहिरो जादा मृत्यु भएको मा श्रद्धान्जली व्यक्त गर्नुभएको थियो। त्यस्तै गरी पुतली बजार को वडा नंवर १,२ र ३ मा पार्किङ्ग मा राखेको सवारी साधन किसानले पाली राखेको भैंसी बाख्रा पूरी क्षति भएको जानकारी गराउनु भयो।
विपद् को बेला सुरक्षा मा खटिने सुरक्षा कर्मी प्रति धन्यवाद व्यक्त गर्दै सुरक्षा र सेवाको लागि अझ प्रभाबकारी ढंगले प्रस्तुत हुन आग्रह गर्दै आम नागरिक मा राज्य छ भन्ने अवगत गराउने किसिम बाट सरकारले काम गराउनुपर्छ भन्ने आग्रह गर्नुभएको थियो। त्यसै गरी ज्याग्दी खोला, दरौ खोला सुरौ दी खोला आँधीखोला को तटबन्ध हुन नसक्दा र सरकारले महत्व नदिदा समस्या आएको जनाउँदै खेतीयोग्य जमिन नगर मा परिडत भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। त्यसै गरी भोलिको दिनमा पहाड मा एकीकृत बस्ती को व्यवस्था गर्दै अघि नबढे समस्या थपिन जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय