स्याङ्जाको भिरकोटमा अविरल वर्षाको कारण खेतबारी र बाटो ध्वस्त, खानेपानीको ट्याङ्की बगायाे

२०८१ असार २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ असार । स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नम्बर ३ मा असार २१ गते देखि परेको अविरल वर्षाको कारण पहिरो जादा बाटो घाटो आवतजावत बन्द भएको छ ।   पहिरो र खोला नालाका कारण खेत बारीमा धेरै क्षति पुर्याएको छ तर मानवीय क्षति भने हुन पाएको छैन।

भिरकोट र पुतलीबजारको संयुक्त रुपमा रहेको बराह खोला खानेपानीको मुहानमा माथिबाट आएको पहिरोले पूर्ण रुपमा क्षति भई खानेपानीको मुहानको ट्याङ्की र पाइप नहुँदा खानेपानीको समस्या भएको पुतलीबजार १२ का स्थानिय गोपाल थापाले जानकारी गराउनुभयो।

बयरघारी र पुतलीबजारको   बाटो पूर्ण रुपमा क्षति भई चार दिन देखि ठप्प हुदा स्थानिय स्तरमा हिड्ने बाटो नहुँदा घरबाट बाहिर निस्कन पनि ठूलो समस्या परेको भिरकोट ३  का वडा सदस्य प्रेम रानाले जानकारी दिनुभयो।

भिरकोट ३ काे मन्नु खोला, बराह खोला र बास्तारा खोलाको बहावले गर्दा खेतमा खोला पसी रोपेको खेतीबाली सहित खेत बगाएर लग्दा ठूलो क्षति बेहोर्नुपरेको छ । त्यसै गरी कति ठाउँमा पहिरोले खेत पूरी रोपेको धान सहित तहसनहस बनाएको वडा सदस्य  रानाले बताउनुभयो। मानवीय बस्ती र मानवीय क्षति नभए पनि खेत बारी बाटो ठाउँ ठाउँ मा ध्वस्त बनाएको उहाले बताउनुभयो।

बयरघारी विरुवा मोटर बाटोको हुलाकेबाट पहिरो जादा हुलाके ठाउँमा कम्तीमा चालीस मुरी धान आउने रोपेको खेत पुरेको छ। त्यसै गरी विरौटामा अन्दाजी पच्चीस मुरी  खेती हुने रोपेको धान खेत माथि बारीबाट खसेको पहिरोले पुरेको छ। मन्नु खोला र बराह खोलाको संगमा रहेको पाँच मुरेमा लगभग पैंतीस मुरी धान उब्जनी हुने रोपेको खेत पूर्ण रुपमा खोला पसेर बगाएको छ । त्यसै गरी बीस मुरी उब्जनी हुने चिन्नकोटे क्षेत्रको रोपेको खेत पहिरो आई पुरेको छ ।त्यसै गरी तेह्र मुरे भन्ने ठाँउमा अन्दाजी बीस मुरी हुने रोपेको खेत खोलाले बगाउँदा खेतको नाम निशाना केहि नराखेको जानकारी वडा सदस्य रानाले जानकारी गराउनुभयो।

त्यसै गरी तेह्र मुरेमा रोपेको खेतमा खोला पस्दा अन्दाजी पच्चीस मुरी उब्जनी हुने खेत खोलेर लगेको छ भने ढुङ्गा र बालुवा भरिएको छ। त्यसै गरी मकै खेतीमा समस्या बनाएको छ। पहिरोले बगाउँदा खेत झरी बाटो अवरुद्ध हुन पुगेको छ।

त्यसै गरी बराह खोलाको पुलको बार समेत खोलाले बगाउँदा खोला वारी पारी गर्नको लागि समस्या भएको छ। त्यस्तै गरी कुडहार क्षेत्रमा खेतमा क्षति हुँदा धेरै खेत पहिरोले पुरेको र केही खेतमा भल पसी रोपो बिगारेको छ । त्यस्तै गरी बाटो अवरुद्ध हुँदा आवत जावतमा समस्या रहेको स्थानिय मिन बहादुर खड्काले जानकारी गराउनुभयो।

त्यसै गरी रोजिखोला क्षेत्रमा अविरल वर्षाका कारण पहिरो आई खेत पहिरोले पुरेको कहीं खोला पसेर रोपेको धान बगाइ लगेको भिरकोट ३ का वडा अध्यक्ष केशर बहादुर खड्काले जानकारी गराउनुभयो। उहाले बाटो अवरुद्ध भएको छ भने वीपीसी को लाईन नहुँदा बिपी सी को लाईन जोडेको क्षेत्र अन्धकार रहेको वडा अध्यक्ष खड्काले जानकारी गराउनुभयो। त्यसै गरी बिपी सी को लाइन जडान क्षेत्रबाट सञ्चार सुविधा लिएका भिरकोट ३ का बासिन्दालाई सञ्चार माध्यममा समस्या बनाएको समेत खड्काले जानकारी गराउनुभयो।

वर्षाका कारण भिरकोट ३ का अधिकांश ठाउँमा समस्या परेको बताउँदै तत्कालमा हुने सेवा सुविधाको लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताउँदै स्थानिय समस्यामा मलम लगाउन आबस्यक रहेको जानकारी उहाले गराउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय