निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्न आवश्यक खाका बनाउनुुपर्छ : शिक्षामन्त्री भट्टराई

२०८१ श्रावण ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ साउन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई सुधार गर्न कार्ययोजना बनाएर नै अघि बढ्ने बताउनुभएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्न आवश्यक खाका बनाउने समेत बताउनुभयो । विद्यालय शिक्षा ऐन बनाउदा निःशुल्क शिक्षा ऐनको भावलाई पनि समेट्न जरुरी रहेको उहाले बताउनुभयो । एक महिनाभित्र शिक्षा क्षेत्रको सुधारका लागि खाका तयार पार्ने मन्त्री भट्टराइको भनाइ छ । उहाले शिक्षण सिकाइको नजिता एसइई परीक्षाको नतिजा भएकाले समग्र शिक्षण प्रणालीलाई पुनरावलोकन गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरुसंग छलफल समेत गरिएको थियो । बैठकले समिति अन्तर्गत गठित उपसमितिको कार्यलाई शीघ्र र गतिशिल बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय