सञ्चारमाध्यममा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ: शिक्षामन्त्री भट्टराई

२०८१ श्रावण ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ७ साउन। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्ने बताउनुभएको छ ।

सोमबार ललितपुरमा मिडिया एडभोकेसी ग्रुप र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पत्रकारिता देखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै सरकार पनि यसमा गम्भीर भएर लाग्ने बताउनुभएको हो ।

सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी उहाले बताउनुभयो । सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्दै उहाले महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारलाई बढी विश्वास गर्ने गरेको देखिएको भन्दै पत्रकारितामा महिला ल्याउन र टिकाइराख्न जरुरी रहेको बताउनुभयो । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने उहाको भनाइ छ । त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार