बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्दा उक्त व्यवस्था अनुसार कर्जा नोक्सानी व्यवस्था घटाउन नसक्ने उनको भनाइ छ ।
काठमाडौं, १६ साउन । लघुवित्त वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएको कर्जामा १ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा अब १.१ प्रतिशत गर्दा हुने बताएको थियो ।