मौलाकालिका केबलकारको चारतला माथिबाट खसेर मजदुरको मृत्यु

२०८१ श्रावण १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन , १८ साउन । मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको गैँडाकाट नगरपालिका– १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको चार तला माथिबाट खसेर मजदुर गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति बाराको जितपुर उपमहानगरपालिका– २० निवासी २२ वर्षीय युवक त्यहाँका मजदुर थिए ।

प्रहरीका अनुसार राति मृत्यु भएपनि खबर भने बिहान मात्र भएको थियो । मौलाकालिका केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको उनी मजदुर थिए ।

मृत्यु भएका कुर्मीको शव भरतपुर अस्पतालमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले पोस्टमार्टमको लागि ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय