समावेशी शिक्षा पढेकाले सामाजिक पढाउन शिक्षक सेवा आयोगमा जाँच दिन पाउनुपर्ने माग

२०८१ श्रावण २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ , २६ साउन । शिक्षक सेवा आयोगले समावेशी शिक्षा बिषयलाई जाँच लिन पाउने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिईएको छ । शुक्रबार लुपिक, छाङवान नेशनल युनिभर्सिटी कोरियाले किर्तिपुरमा आयोजना गरेको “विशेष शिक्षाका विज्ञहरुका लागि उच्च गुणस्तरीय पाठ्यक्रम” सम्बन्धि कार्यशालाका सहभागीहरुले सो कुरा बताउनुभएको हो ।

अहिले स्नातक,स्नातकोत्तर,एमफिल र पिएचडी स्तरमा समावेशी शिक्षाको अध्ययन हुदै आएको छ । तर यो बिषय अध्ययन अध्यापन गरिएपनि शिक्षाको क्षेत्रमा समावेशी विषयमा प्रयाप्त संख्यामा रोजगारीका लागि कोटा छैन् ।

शिक्षक सेवा आयोगमा अरु विषयमा जाँच दिन पाउने व्यवस्था छ । तर समावेशी विषयमा भने यो विषय अध्ययन गरिसकेका विद्यार्थीहरुले अवसर पाउन सक्ने अवस्था छैन् । शिक्षक सेवा आयोगमा अन्य विषयमा जाँच दिन पाईन्छ तर विशेष तथा समावेशी शिक्षा पढेका विद्यार्थीहरु शिक्षक सेवा आयोगमा समावेशी विषय नभएकोले अहिले प्रतिस्पर्धा गर्नबाट वन्चित भएका छन् ।

विशेष तथा समावेशी शिक्षा पढेका विद्यार्थीहरुले सामाजिक अध्ययन विषयमा प्रतिस्पर्धा गर्न पाउने गरी शिक्षक सेवा आयोगको योग्यता अन्तर्गत समावेश गरी जाँच दिन पाउने व्यवस्था गरिनुपर्ने सहभागी वक्ताहरुको जोड थियो ।

कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा.कमल प्रसाद पोख्रेलले समावेशी शिक्षामा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो । उहाले शिक्षामा निती धेरै बने तर पुर्णरुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो। बनेका निती कार्यान्वयन गर्नका लागि सचेतना र क्षमता अभिवृद्धि जरुरी रहेको बताउदै सह सचिव पोख्रेलले शिक्षक तथा विद्यालयहरुको व्यवसायिक विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । साथै उहाले समावेशी शिक्षालाई गुणस्तरीय, प्रभावकारी र सबैको लागि शिक्षा बनाउनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो ।

लुपिक, छाङवान नेशनल युनिभर्सिटी कोरियाका निर्देशक प्रा।डा। जङ दे योङगले अपाङ्गता भएका विद्यार्थीलाई व्यवस्थित र प्रभावकारी शिक्षा दिन शिक्षा क्षेत्रमा विशेष शिक्षकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।हाल त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय र पूर्वान्चल विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा विशेष शिक्षाका विषय पढाई हुदै आएको हुँदा अब नेपालले विशेष शिक्षालाई आधुनिकीकरण गर्दै नयाँ अध्याय सुरु गर्नपर्ने बताउनुभयो । उहाले विशेष शिक्षाका लागि बजेट विस्तार गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

सो अवसरमा अन्य वक्ताहरुले समावेशी शिक्षा अहिलेको आवश्यकता भएको बताउदै समावेशी शिक्षाले मात्रै समाजलाई एकतावद्ध गर्न सक्ने बताउनुभयो । उहाहरुले विद्यालय र उच्च शिक्षा स्तरमा अपाङगता भएका विद्यार्थीहरुको तथ्याङकको विषयमा अनुसन्धान गरिनुपर्ने बताउनुभयो । विशेष शिक्षाका लागि आवश्यक शैक्षिक सामाग्री, अभिभावक र शिक्षक बिचको समन्वय र स्थानिय तथा प्रदेश तहसंगको सहकार्य आवश्यक रहेको समेत उहाहरुको भनाई छ ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डीन प्रा. डा.चित्र बहादुर बुढाथोकी, त्रिभुवन विश्वविद्यालय ग्राजुएट स्कुल अफ एजुकेशनका निर्देशक प्रा.डा. वेदराज आचार्य, त्रिवि विशेष आवश्यकता शिक्षाका प्रमुख डा. नवराज न्यौपाने लगायतका वक्ताहरुले समावेशी शिक्षा र यसको महत्वको बारेमा चर्चा गर्नुभयो ।

सुदुरपश्चिम विश्वविद्यालयका डा। यज्ञराज पाण्डेय, मध्यपश्चिम विश्वविद्यालयका डीन प्रा. डा.यम बहादुर कार्की,पूर्वान्चल विश्वविद्यालयका निर्देशक महेश प्रसाद निरौलाले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौती तथा आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

लुपिक, छाङवान नेशनल युनिभर्सिटी कोरियाले त्रिभुवन विश्वविद्यालय किर्तिपुर, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय र पूर्वान्चल विश्वविद्यालयसंग शैक्षिक सामाग्री प्रदान, छात्रावृत्ति तथा शैक्षिक आदानप्रदानमा सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय